तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एसियाली क्यानोइ स्लालममा मन्जिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ११ गते, शुक्रबार ६:५५

थाइल्यान्डमा हुने १३ औं एसियाली क्यानोइ स्लालम च्याम्पियनसिपमा नेपालबाट मन्जिल गुरुङ सहभागी हुने भएका छन् । प्रतियोगिता मार्च मार्च ५ देखि १० तारिखसम्म हुनेछ ।
मन्जिलले यु–१८ र २३ उमेरसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् । प्रशिक्षकमा विष्णु गुरुङ रहेका छन् ।
प्रतियोगिताअघि मन्जिल आईसीएफ स्लालम ट्रेनिङ क्याम्पमा सहभागी हुने छन् । ट्रेनिङ फेब्रुअरी २४ देखि मार्च १० तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगिता र ट्रेनिङ रोयल थाइ नेभी रोविङ एन्ड क्यानोइङ ट्रेनिङ सेन्टर, रायोङमा हुनेछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । सहभागिताका लागि नेपाल ओलम्पिक कमिटीले पनि सहयोग गरेको संघले जनाएको छ । टोली शुक्रबार थाइल्यान्ड प्रस्थान गर्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु