दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गेटवे सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १३ गते, आईतवार २०:४०

गेटवे एकेडेमी छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
सानो गौचरण मैदानमा गेटवेले त्रिवेणीलाई ८–० को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । गेटवेका राजन आचार्य र लक्ष्मण उप्रेतीले समान २–२ तथा सन्दिप सिवाकोटी, प्रतीक रायमाझी, शिशीर श्रेष्ठ र प्रदीप खत्रीले समान १–१ गोल गरे ।
पिस प्वाइन्ट बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगितामा प्रस्फुटन र सम्भावीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
प्रस्फुटनले लोयल्टी एकेडेमीलाई १–० गोलले हरायो । कुशल गिरीले निर्णायक गोल गरे । सम्भावीले विट्स एकेडेमीले ३–१ गोलले पाखा लगायो । सम्भावीका जे.आर. ठकुरीले ह्याट्रिक गरे । विट्सका बादल श्रेष्ठले सान्त्वना गोल फर्काए । सोमबार ३ खेल हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु