दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नामी र बूढानीलकण्ठ फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १३ गते, आईतवार २०:४४

काठमाडौं, फागुन १३ गते ।नामी र बूढानीलकण्ठ सातौं काष्ठमण्डप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् । ४ टिम सहभागी राउन्ड रोविन लिगमा नामी विजेता र बूढानीलकण्ठ उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप ए लेभल एकेडेमीको कोर्टमा नामीले मल्पीलाई १२–३, बूढानीलकण्ठलाई ९–८ र काष्ठमण्डपलाई १३–३ ले पराजित ग¥यो । बूढानीलकण्ठले नामीलाई ३०–१० तथा काष्ठमण्डलाई ६–५ ले हरायो ।
ब्वाइजमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल काष्ठमण्डप मल्पी ‘बी’ तथा बूढानीलकण्ठ र ओरियन्टबीच हुनेछ । समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको काष्ठमण्डपले मल्पीलाई २०–९, ओरियन्टलाई १४–११ र बूढानीलकण्ठलाई ९–७ ले पाखा लगायो ।
प्रतियोगिताको ए लेभल को–ओर्डिनेटर यादव थपलियाले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा ८ तथा गल्र्समा ४ टिम सहभागी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु