तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काष्ठमण्डप र नामीलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १५ गते, मंगलवार ७:५१

काठमाडौं, फागुन १४ गते । आयोजक काष्ठमण्डप र नामीले सातौं काष्ठमण्डप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । काष्ठमण्डप ब्वाइज तथा नामी गल्र्समा च्याम्पियन बने ।
मण्डिखाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा काष्ठमण्डपले ओरियन्टलाई १३–९ ले पराजित ग¥यो । काष्ठमण्डपका अन्सुल गोपालीले ११ तथा चिराग हमालले २ अंक जोडे ।
गल्र्सको उपाधि भिडन्तमा नामीले बूढानीलकण्ठलाई २२–१ ले सहजै हरायो । नामीका गुरुत्सो लामाले ११, छिरिङ शेर्पाले ८ र सुवेक्षा लामाले ३ स्कोर गरे ।
प्रतियोगिताको ब्वाइजमा काष्ठमण्डपका अन्शुल तथा गल्र्समा नामीकी गुरुत्सो ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, काष्ठमण्डपकी संस्थापक निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापा, काष्ठमण्डपकी निर्देशक इला पिया र ए लेभल को–ओर्डिनेटर यादव थपलियाले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुई प्रतियोगिताको ब्वाइजमा ८ तथा गल्र्समा ४ टिम सहभागी थिए । गल्र्सको प्रतिस्पर्धा पहिलोपटक राखिएको काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु