दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गेटवेलाई पिस प्वाइन्ट कप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन १७ गते, बिहीबार ७:५५

गेटवे एकेडेमीले छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
सानोगौचरण मैदानमा भएको फाइनलमा गेटवेले आयोजक पिस प्वाइन्टलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै नयाँ च्याम्पियन बन्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो । हारसंगै पिस प्वाइन्ट उपाधिमाथि दोहोरो ह्याट्रिक गर्नबाट चुक्यो । विगतका पाँचै संस्करणको उपाधि पिस प्वाइन्टले जितेको थियो ।
गेटवेका लागि प्रदिप खत्री, शिशीर श्रेष्ठ, राजन आचार्य, प्रतीक रायमाझी र लक्ष्मण उप्रेतीले गोल गरे । पिस प्वाइन्टका पवन बुढाथोकी, विशेष थिङ, नितेश मोक्तान र प्रज्ञान राईले गोल गरे । महेश राई चुके ।
उपाधि यात्रामा गेटवेले यसअघि पहिलो चरणमा ज्ञान निकेतनलाई ११–०, क्वाटरफाइनलमा त्रिवेणीलाई ८–० र सेमिफाइनलमा एकलब्यलाई टाइब्रेकरमा ४–३ गोलले हराएको थियो ।
मनकामनाले एकलब्यलाई ५–० गोलले पाखा लगाउदै तेश्रो भयो । पाँचै गोल सनिल मगरबाट सम्भव भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारे ।
गेटवेका लक्ष्मण उप्रेती प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । गोलरक्षकमा गेटवेका रोहन महत, डिफेन्समा पिस प्वाइन्टका नितेश मोक्तान र प्रशिक्षकमा गेटवेका युमन छोछे उत्कृष्ट चुनिए । प्रतियोगिताभर २० गोल गरेका पिस प्वाइन्टका राहुल लामा सर्वाधिक गोलकर्ता बने । पिस प्वाइन्टले क्वाटरफाइनलमा प्रस्फुटन विरुद्ध २४–१ को जित निकाल्दा राहुल एक्लैले १४ गोल प्रहार गरेका थिए ।
विजेतालाई अखिल नेपाल फुटबल संघका उपाध्यक्ष विराटजंग शाही, ३६१ डिग्रीका प्रबन्ध निर्देशक धीरज कार्की, आयोजक विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष नर्बदा थापा, पिस प्वाइन्टकी संस्थापक प्रिन्सिपल इशु गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगितामा १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु