
शर्मिला विश्वकर्मा, काठमाडौँ
नेपाल सरकारले वर्गीकरण गरेको १० प्रकारका अपाङ्गता मध्ये बौद्धिक अपाङ्गता भित्रको डाउन सिण्ड्रोम पनि एक हो । यो डाउन सिण्ड्रोम रोग नभएर जन्मजात हुने अवस्था हो । मानिसको शरीरमा २३ जोडीमा क्रोमोजोमहरू रहेका हुन्छन् । आमाको २३ र बुवाको २३ जोडी गरी ४६ वटा क्रोमोजोम हुनु पर्नेमा कहिले काहीँ कुनै बच्चामा एउटा क्रोमोजोम बढी हुने हुन्छ । यसरी ४७ वटा क्रोमोजोम हुने अवस्था नै डाउन सिण्ड्रोम हो । उनीहरूको शरीरमा यो एउटा बढी क्रोमोजोम २१ औ जडिमा देखिने भएकोले यसलाई ट्राइसोमी २१ पनि भनिन्छ ।
डाउन सिण्ड्रोम अपाङ्गताको विषयमा जनचेतना जगाउने तथा सरोकारवाला निकायहरूलाई उनीहरूको हक हित र अधिकारका विषयमा सचेत गराउने उद्देश्यले हरेक वर्षको मार्च २१ तारिका दिन विभिन्न नारा सहित विश्व डाउन सिण्ड्रोम दिवस मनाउने गरिन्छ । यसै सन्दर्भमा यस वर्ष पनि डाउन सिण्ड्रोम समाज नेपालले संयुक्त राष्ट्र सङ्घले तय गरेको ” End The Steretyps ” ” डाउन सिण्ड्रोम अवस्था प्रतिको परम्परागत नकारात्मक सोचको अन्त्य गरौँ ” भन्ने नारा सहित १३ औ अन्तर्राष्ट्रिय विश्व डाउन सिण्ड्रोम दिवस मनाउँदै छ ।
यसै दिवसका अवसरका के कस्ता कार्यक्रमहरूको आयोजना गरिने भन्ने विषयमा आज फागुन १८ गते अर्थात् मार्च १ तारिका दिन पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरेको हो । यस पत्रकार सम्मेलनमा आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले डाउन सिण्ड्रोम अपाङ्गताको विषयमा जानकारी गराउँदै संयुक्त राष्ट्र सङ्घले यो दिवसलाई सन् २०१२ देखि मनाउन थालेको जानकारी गराउनु भयो । त्यसै गरी उहाँले सरोकारवाला निकायहरूको क्यालेन्डर मा पनि मार्च २१ तारिका दिन विश्व डाउन सिण्ड्रोम दिवस भनेर उल्लेख गरिदिएमा डाउन सिण्ड्रोम अपाङ्गता प्रति जनचेतना जाग्ने बताउनु भयो । साथै उहाँले अहिले सत्य दिवा सेवा केन्द्रका ३ जना डाउन सिण्ड्रोम अवस्थाका व्यक्तिहरूले क्याफेमा रोजगार प्राप्त गरेको र डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूलाई क वर्गको रातो रङ्गको परिचय पत्र उपलब्ध हुने व्यवस्था गराउनका लागि वकालत गर्नु पर्ने बताउनु भयो ।
सो पत्रकार सम्मेलनमा डाउन सिण्ड्रोम समाज नेपालका कर्मचारी तिलक वटलाले यस वर्षको १३ औ विश्व डाउन सिण्ड्रोम दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमहरूको बारेमा जानकारी गराउनु भयो । उहाँका अनुसार हिजो मार्च १ कारित अर्थात् फागुन १८ गते डाउन सिण्ड्रोम पहिचान तथा अभिमुखीकरण र पत्रकार सम्मेलन गरेको भन्दै मार्च १० तारिका दिन अर्थात् फागुन २६ गते समावेशी सांस्कृतिक साँझ, मार्च २१ तारिकका दिन चैत ८ गते विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा पहिलो युवा सम्मेलन र मार्च २९ तारिकमा डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरू सहित आउट डोर लगायतका कार्यक्रमहरूको आयोजना गरिने, साथै पहिलो जानकारी दिनु भयो ।
रोट्याक्ट सुमन डङ्गोलले मार्च २१ तारिकका दिन विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा रोट्यक्लब काठमाडौं र डाउन सिण्ड्रोम समाज नेपालको सहकार्यमा समाजमा डाउन सिण्ड्रोमको विषयमा जनचेतना जगाउने उद्देश्यले दुई थरीको मोजा लगाएर सामाजिक सञ्जालमा पोस्ट गरी जनचेतना मूलक कार्यक्रमको आयोजना गर्ने बताउनु भयो ।
मार्च २१ तारिक दिन आयोजना गरिने विश्व डाउन सिण्ड्रोम दिवसका अवसरमा २९ तारिकका दिन गरिने पहिलो अन्तर्राष्ट्रिय सम्मेलनलाई ZOOM बाट पनि नेपाल बाहिरका डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरू पनि सहभागी हुने आयोजकले जानकारी गराउनु भयो ।


