दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फुटबल च्याम्पियनसिप सिरिज हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २३ गते, बुधबार ४:५३

काठमाडौं, फागुन २२ गते । महादेव युवा क्लबको आयोजनामा फागुन २६ गते नागार्जुन–७ गोतामथोकस्थित खड्कुले चौरमा सपोर्टर क्लब फुटबल च्याम्पियनसिप सिरिज हुने भएको छ ।
आयोजकका अनुसार खेलकुदका माध्यमबाट पर्यटन प्रवद्ध्धन र काठमाडौं जिल्लाकै उच्च स्थान १५९० मिटर उचाइमा रहेको सुन्दर खेल मैदानको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
मैत्रीपूर्ण रुपमा हुने यस प्रतियोगितामा युरोपका चर्चित लिगका चार सपोर्टर क्लब चेल्सी नेपाल, आर्सनल नेपाल, म्यानचेस्टर युनाइटेड नेपाल, बार्सिलोना नेपालसँगै आयोजक महादेव युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
नागार्जुन नगरपालिका, नागार्जुन खेलकुद विकास समिति, नागार्जुन पर्यटन प्रवद्र्धन, अनुसन्धान तथा अध्ययन समिति र तारकेश्वर युवा क्लब, स्यूचाटारको सहकार्यमा हुने प्रतियोगिताको उपाधि विजेतालाई ३० हजार नगद पुरस्कार हात पार्ने छन् । उपविजेतालाई नगद रु. १५ हजार र विधागततर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु