तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आईएचएम कलेजका सीईओ सुराच प्रसाई सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २३ गते, बुधबार १८:०२

काठमाडौ । ललितपुर सातदोबाटो स्थित रहेको पाककला प्रशिक्षणको अग्रणी संस्था आईएचएम कलेजका सीईओ सुराच प्रसाई सम्मानित भएका छन।

बुधबार फोकस नेपालले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले भव्य समारोहका बीच सीईओ सुराच प्रसाईलाई सम्मान गर्नु भएको हो।


सम्मानित सुराच प्रसाई आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तता दिँदै हस्पिटालिटी म्यानेजमेन्टको कोर्षमा युवाहरूलाई कुलनरी आर्ट्स अन्तर्गत अन्तर्राष्ट्रिय स्तरका कक्षा तथा तालिमहरू सञ्चालन गर्दै दक्ष जनशक्ति उत्पादन गर्दै अधिकांश विद्यार्थीहरूले स्वदेश एवम् विदेश स्थित स्तरीय होटल रेष्टुराँहरूमा रोजगारी दिन सफल हुदै
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न पर्यटन, सेवामुलक तथा सामाजिक संघसंस्था मार्फत सम्मानित तथा पुरस्कृत भई राष्ट्र विकास, पर्यटन प्रबद्र्धन तथा सामाजिक सेवामा रही नेपालको संस्कृति झल्किने नेपाली मौलिक खानाको पहिचान, खोज अनुसन्धान, प्रचार प्रसारलाई विश्व बजार सामु चिनाउन पुर्‍याउँदै आउनु भएको महत्त्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै प्रसाईलाई सम्मान गरिएको हो ।

फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न
कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु