दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याल (जोन) साउदी अरबका लागि पर्यटन दूतमा नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २३ गते, बुधबार १९:४६

साउदी अरव,नेपाल सरकारले एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याल (जोन) लाई साउदी अरबका लागि पर्यटन प्रवर्द्धक ( पर्यटन दूतमा ) नियुक्त गरेको छ । अर्याल नेपाल सरकारको फागुन १३ गतेको मन्त्रिस्तरीय निर्णयबाट सो पदमा नियुक्त गरिएको स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता हेमराज तामाङद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्याललाई फागुन १७ गते विज्ञप्ति जारी गरेर सदभावना दूत नियुक्त गरेको हो । उनलाई सदभावना दूत निर्देशिका पहिलो संसोधित दफा ३ उपदफा १ बमोजिम सो पदमा नियुक्त गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 
नवनियुक्त पर्यटन दूत अर्याल एनआरएनए मध्यपूर्वका संयोजकसमेत हुन । नियुक्तिपछि अर्यालले साउदी अरेबियामा नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्धनमा जती सक्दो धेरै योगदान गर्ने बताए । 
नेपालमा पाल्पा जिल्ला स्थायी घर भएका अर्याल लामो समय देखि साउदी अरबमा ब्यावसायसँगै सामाजिक क्षेत्रमा सक्रिय छन । साउदी अरबका नेपालीहरुलाई सामाजिक, आर्थिक, नैतिक सबै प्रकारका सहयोग गर्दै आएका अर्याल साउदीका एक सफल व्यवसायी पनि हुन ।
एनआरएनए मध्यपुर्व संयोजक अर्यालले आफु पहिलेदेखि नै सामाजिक क्षेत्रमा कृयाशिल रहदैं आएको र नेपाल सरकारले अझै थप जिम्मेवारी दिएकोमा सरकारलाई धन्यबाद दिदैं आफ्नो तर्फबाट पर्यटन परवर्दंनका लागी जतिसक्दो धेरै काम गर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु