दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिसेस युएसए युनिभर्स अवार्ड विजेता मिनु गुप्ताद्वारा माइती नेपाललाई आर्थिक सहयोग दिने उद्घोष

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २४ गते, बिहीबार १७:४९

काठमाडौं, २४ फागुन । मिसेस युएसए युनिभर्स अवार्ड विजेता मिनु गुप्ताले माइती नेपाललाई अनुदान दिने उद्घोष गरेकी छिन् । हाल अमेरिकमा बसोबास गर्दै आएकी गुप्ताले आफ्नो कम्पनी इग्नाइटको कमाइबाट २० प्रतिशत रकम माइती नेपाललाई दिने उद्घोष गरेकी हुन् । साथै, यस कार्यका लागि अनुराधा कोइरालासँग छलफल भएको बताईन् ।

आज (बिहीबार) रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलन गरी उनले मानव बेचविखन र घरेलु हिंसाविरुद्धको कार्य गर्नका लागि उक्त सहयोग गर्न लागेको बताईन् । साथै, उनले शिक्षाको महत्व र आर्थिक निर्भरताको महत्व र आफ्नो संघर्षबारे जानकारी गराउन पनि कार्यक्रम आयोजना गरेको बताईन् ।

उनी मिसेस एसिया–२०२१ को विजेतासमेत हुन् । भारतमा जन्मिएकी मिनु गुप्ताले नेपालमा विवाह गरेकी थिईन् । उनले लामो समयदेखि अमेरिका बस्दै आएकी छन् । साथै, उनले आफ्नो पहिलो गोल अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको नाम राख्नु रहेको बताईन् । उनले आफू नेपाली कल्चर र हेरिटेजलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा चिनाउन लागिपरेको बताईन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु