तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेताहरूलाई बाबुरामले भने– किसान, मजदुर, गरिब निमुखा ऋण कहिले तिर्ने,मिटरब्याजपीडितलाई नहेर्ने?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २५ गते, शुक्रबार ६:२५

काठमाडौं। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले मिटरब्याजपीडितका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन्। काठमाडौँको भृकुटीमण्डपमा बिहीबार डा.भट्टराईले मिटरब्याजपीडितको आन्दोलनलाई ऐक्यबद्धता जनाए

डा.भट्टराईले गरिब निमुखालाई ऋण दिएर तीनगुना ज्यादा असुल गर्ने र नभए घरजग्गा कब्जा गर्नेक्रम रोकिनुपर्ने बताए।

उनले भने, ‘शोषित, उत्पीडित जनताको संघर्ष कहिल्यै पनि टुंगिदैन। आंशिक रूपमा हामीले थोरै अधिकार त पायौं, पूर्ण अधिकार पाएको छैन। हिजोका क्रान्तिकारी साथीहरू सत्तामा गएर आज करोडपति, अरबपति बन्नुभएको छ। हिजो चप्पल लगाएर हिँड्ने साथीहरू आज ठूलाठूला महलमा बस्नुहुन्छ। ठूलाठूला ठेकेदारले दिएको आलिसान महलमा बस्नुहुन्छ। उहाँहरूले किनिदिएका ठूला गाडी चढेर हिँड्नुहुन्छ। अहिले तपाईंहरूलाई बिर्सिनुभएको छ। प्रधानमन्त्री प्रचण्डलाई,सत्ता सम्हालीरहेका कम्युनिस्ट र राजनीतिमा आउनुभएका नयाँ साथीहरूलाई आग्रह गर्न चाहन्छु, जनताको यो सडक संघर्ष तपाईंहरूको विरुद्धमा होइन, तपाईंहरूले सत्तामा बस्ने जुन अधिकार पाउनुभएको छ,यदि देशप्रति तपाईंहरू इमान्दार हुनुहुन्छ भने, मजदुर, किसानका लागि केही गर्न चाहनुहुन्छ भने यी मजदुर किसानको आन्दोलनले बल पुग्छ। त्यो बल पुर्‍याउन हामीहरू आएका हौँ। तपाईंहरूले हिजोका वाचा बिर्सिएर यिनै किसान, मजदुरले तपाईंहरूलाई लगाएको गुणलाई बिर्सिएर ठूलाठालु, कमिसनखोरहरूको पक्षमा लाग्नुहुन्छ भने किसान दाजुभाइ दिदीबहिनीहरूले एउटा विद्रोह गर्नुपर्ने हुनसक्छ। त्यसको निम्ति तपाईंहरू तयार हुनुपर्छ।’

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पत्ति फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने लगायतका ६ बुँदे मागसहित उनीहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु