तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

टीकामायालाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन २६ गते, शनिबार ५:४३

काठमाडौं । टीकामाया गुरुङले प्रथम राष्ट्रव्यापी महिला स्क्वाट च्याम्पियनसिप शुक्रबार स्वर्ण जितेकी छन् । टीकामायाले ५७ केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी हुन् । तारा खैजुले रजत तथा कृष्णकला विष्टले कांस्य जिते ।
नारी दिवसका अवसरमा काठमाडौं व्यायाम व्यवसायी संघद्वारा आयोजित प्रतियोगिताको ५७.१ देखि ६५ केजीसम्म माया मगर पहिलो, डिकी वाक्मो गुरुङ दोश्रो तथा समी राजवाहक तेश्रो भए ।
कमलपोखरीस्थित सिटी सेन्टमा भएको प्रतियोगिताको ६५ केजीमाथि मनुकला राईले स्वर्ण, लुइसा भण्डारीले रजत र पूजा प्रधानले कांस्य जिते । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २० हजार १ सय, १० हजार १ सय र ५ हजार १ सय नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्राप्त गरे ।
विजेतालाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ, काठमाडौं जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष सुरेश सुवेदी, आयोजक संघकी अध्यक्ष शोभा गुरुङ, सचिव विजयतमरत्न बज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
त्यसअघि एकदिने प्रतियोगिताको काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डंगोलले उद्घाटन गरेकी थिइन् । प्रतियोगितामा ६० खेलाडी सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु