दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एशिया प्यासिफिक समिटमा ४५ देशका १५ सय सहभागी हुन्छन : अध्यक्ष नेपाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ११ गते, मंगलवार ८:१३

काठमाडौं– नेपालमा पहिलो पटक ४५ मुलुकका बर्तमान राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरूसहित एशिया प्यासिफिक समिट हुने आयोजना भएको छ । १५०० जना सहभागी हुने सम्मेलन मङ्गसिर १४ देखि १७ गतेसम्म काठमाडौको ह्यात रिजेन्सी होटलमा हुने जानकारी सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजक समितिले जानकारी दिएको हो । ‘बर्तमान समयका गंभिर चुनौतीहरूमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्बब्यापक मूल्य–मान्यता’ रहेको सम्मेलनमा एशिया प्यासिफिक क्षेत्रसहित विश्वका अन्य मुलुकका बर्तमान तथा पूर्वराष्ट्राध्यक्ष र सरकार प्रमुखहरू, सभामुखहरू, सांसदहरू, राजनैतिक नेताहरू, विभिन्न धर्मका धार्मिक अगुवाहरू, महिला नेतृहरू, संचारकर्मीहरू, प्राज्ञिक ब्यक्तित्वहरू, ब्यवसायी, कलाकार तथा नागरिक समाजका अगुवाहरू सहभागीहुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दिएको जनकारी अनुसार ७ जना राष्ट्र÷सरकार प्रमुख तथा उपप्रमुखहरू, ५ जना प्रथम महिला ,१० जना पूर्व राष्ट्र÷सरकार प्रमुखहरू, १  जना वर्तमान उपप्रधानमन्त्री, ७ जना मन्त्री, ५ जना संसदका सभामुखहरू तथा उपसभामुखहरू सहभागी हुनेछन् । कम्बोडियाका प्रधानमन्त्री र म्यानमारकी स्टेट काउन्सिलर नेतृ आङ सान सूची आफ्नै विमानमा आउनेछन् ।

सम्मेलनको मुख्य आयोजक तथा प्रायोजक युनिभर्सल पिस फेडरेशन(युपिएफ) हो । यो संस्था संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्बाट मान्यता प्राप्त संस्था हो । विश्वका १५५ मुलुकमा यसको सक्रिय उपस्थिति छ । सम्मेलनमा २० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको सम्मेलन आयोजक समितिका सहअध्यक्ष एकनाथ ढकालले जानकारी दिए । सम्मेलनमा सहभागी हुन आउने पाहुनाहरुलाई राख्न त्यस अबधिभरका लागि राजधानीका अधिकांश तारे होटल बुक गरिएको छ । राजधानीको ह्यात रिजेन्सी होटलमा करिव ३६०० जना अट्ने अस्थायी सम्मेलन हल निर्माण गरिएको छ ।

सम्मेलनले गरिवी, आतंकबाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, नैतिक पत्तन, जबर्जस्ती विस्थापन, प्राकृतिक विपत्ति, सस्त्रको होडबाजी जस्ता बढ्दो चुनौतीलाई सामना गरिरहेको विश्वसमुदायलाई ती समस्या समाधान गर्न सघाउने विश्वास आयोजक संस्थाले लिएको छ । युनिभर्सल पिस फेडरेशनले सरकार, नागरिक समाज, नीजि क्षेत्रका प्रतिनिधिहरूको सहकार्यमा यस्ता अन्तराष्ट्रिय शिखर सम्मेलनका सृङ्खलाहरू नै विश्वब्यापी रुपमा आयोजना गर्दै आएको छ । यति बृहद् स्तरमा शिखर सम्मेलन नेपालमा पहिलो पटक आयोजना हुन लागेको आयोजक संस्थाको दावी छ । स्तरमा आयोजना गर्दै आएको छ । यसले हाम्रो समयको गंभिर चुनौतीलाई प्रभावकारी रुपमा सम्बोधन गर्न र समाधान गर्न सघाउने विश्वास लिएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित भारतीय सत्तारुढ दल भाजपाका नेता बिजय जोलीले नेपालले यस प्रकारको सम्मेलन आयोजना गरेर विश्वमा आफूलाई चिनाउने अबसर पाएको बताए । ‘म हिन्दू हुँ, म कैयौं बर्षदेखि युनिभर्सल पिस फेडरेशनमा सहभागी भइरहेको छु,’ उनले भने, युपिएफले सबै धर्मको उत्तिकै सम्मान गर्छ । सबै धर्मलाई एउटै ठाउमा ल्याउने मञ्च खडा गर्छ । उनले यस प्रकारको सम्मेलन नेपालमा हुँदा धेरैले रोजगारीको अबसर पाउने, बौद्ध पर्यटनले प्रश्रय पाउने र नेपालको अन्तराष्ट्रिय रुपमा प्रबद्र्धन हुने उनले दावी गरे । ‘म मस्कोमा भएको एउटा कार्यक्रममा सहभागी भएर सिधै शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएको छु,’ उनले भने, ‘मजस्तै नेपाललाई माया गर्ने धेरै मुलुकका विशिष्ट ब्यक्तित्वहरु शिखर सम्मेलनमा सहभागी हुन आउँदै हुनुहुन्छ । उहाँहरुले नेपाललाई पक्कै संस्सारसामु राम्रो सन्देश लैजानु हुनेछ ।’
सम्मेलनको उद्घाटन सत्रमा विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखबाट सम्बोधन हुने छ । त्यसपछिका सत्रमा शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, अन्तर–धार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, संचारमाध्यमको भूमिकाबारे छलफल हुनेछ । यस शिखर सम्मेलनमा इन्टरनेशनल एसोसिएसन अफ पार्लियामेन्टेरियन फर पिस (आइएपिपि) को पहिलो भेला पनि सम्पन्न हुनेछ । नेपालमा जन निर्वाचित संविधानसभाद्वारा नयाँ संविधान जारी भइ सफलतापूर्वक शान्ति प्रक्रिया निस्कर्षमा पुगेको थप प्रकाश पार्न पनि यो शिखर सम्मेलन काठमाडौमा आयोजना गरिएको नेपालले बताए । आयोजक समितिका अध्यक्ष नेपालले उक्त सम्मेलनमा नेपाल सरकार सहयोगीका रुपमा मात्र रहने बताए । उनले अति विशिष्ट व्यक्तिलाई निमन्त्रणा गर्न र उनीहरुको सुरक्षा तथा यातायात व्यवस्थापनमा मात्र सरकारको भूमिका हुने स्पष्ट पारे । ‘यो सम्मेलन नेपालले गर्न पाउनु नै खुशीको कुरा हो  । त्यसैले यो सम्मेलनलाई आ–आफ्नो क्षेत्रबाट सफल बनाउन सबैले उत्तिकै सहयोग गर्नुपर्छ’, नेपालले भने ।

नेपाल सरकारको ‘समृद्ध नेपाल ः सुखि नेपाली’ को दूरदृष्टिलाई सहयोग गर्नु शिखर सम्मेलनको मुख्य जोड रहने आयोजक समितिका सह अध्यक्ष ढकालले बताए । ‘शिखर सम्मेलनको बेला हुने द्विपक्षीय तथा बहुपक्षीय भेटघाटले पारस्परिक लाभ हुनेछ । यसरी हुने वार्ता र छलफल नेपालको नयाँ कुटनीतिक अबसरको सम्भावनाहरूको अन्वेषण गर्न केन्द्रीत हुन सक्ने छन् । सम्मेलनमा सहभागी हुन आउनु हुने राज्य र सरकार प्रमुखको प्रतिनिधि मण्डलमा विदेशी लगानीकर्ता तथा उद्यमीहरू समावेश छन् । तिनीहरूले आपसी लाभप्रद ब्यापारिक अबसरहरूको खोजी गर्ने छन्,’ उनले भने । ढकालले यो सम्मेलनले नेपाललाई धेरै फाइदा पुग्ने र यो सम्मेलन नेपालमा हुनु धेरै ठूलो उपलब्धि हो भन्दै ढकालले सम्मेलनलाई सबै नेपाली मिलेर सफल बनाउनु आवश्यक रहेको बताए । ‘यो सम्मेलन नेपाल र नेपालीको इज्जतसँग जोडिएको छ । सम्मेलनले नेपाललाई विश्व मानचित्रमा नयाँ ढंगले चिनाउने छ’, ढकालले भने ।

जलवायु परिवर्तन र काठमाडौं घोषणाबारे बिशेष उद्घोषसहित एशिया प्यासिफिक शिखर सम्मेलन समापन हुने छ । नेपाल, भारत, चिन, अष्ट्रेलिया, थाइल्याण्ड, फिलिपिन्स र अमेरिकाका कुटनीतिज्ञ तथा बौद्धिक ब्यक्तित्वहरूले काठमाडौं घोषणापत्रको मस्यौदा गर्नेछन् । शिखर सम्मेलन आमन्त्रण समितिमा पूर्वप्रधानमन्त्री नेपाल अध्यक्ष, युनिभर्सल पिस फेडरेशन अन्तराष्ट्रियका अध्यक्ष डा. थोमस जी वाल्स र फिलिपिन्सको प्रतिनिधिसभाका पूर्व सभामुख तथा आइक्याप संस्थापक अध्यक्ष साथैआइएपिपिका अन्तर्राष्ट्रिय सहअध्यक्ष महामहिम जोसे डे भेनेसिया जुनियर र अन्य विशिष्ट ब्यक्तित्वहरू रहेका छन् ।

सम्मेलनबारे भ्रममा नपर्न विभिन्न धर्म सम्बद्ध संस्थाहरुको आग्रह
शान्ति र विकासका लागि अन्तरधार्मिक अभियान नेपाललले यूनिभर्सल पीस फेडरेसनले नेपाल सरकार, संघीय संसद, आइक्याप, आइएपीपी लगायत संघ संस्था लगायतसँगको सहकार्यमा काठमाडौंमा यही मंसीर १५ र १६ गते हुने एशिया प्यासिफिक शिखर सम्मेलनको पूर्ण सफलताको कामना कामना गरेको छ । केही संचार माध्यमहरुमा एशिया प्यासिफिक शिखर सम्मेलनका बारेमा प्रकाशित समाचारहरु प्रति हाम्रो ध्यानाकर्षण भएको जनाउदै अभियानले एशिया प्यासिफिक र विश्व स्तरमै शान्ति, भाइचारा, सहिष्णुता र विकास अभिवृद्धि गर्ने अभिप्रायले आयोजित सम्मेलनको बारेमा कुनै भ्रममा नपर्न आग्रह गर्दै सबै क्षेत्र र समुदायलाई सक्रिय रुपमा सहभागी हुन आग्रह गरेको छ ।
शान्ति र विकासका लागि अन्तरधार्मिक अभियान नेपालका अध्यक्ष प्रा. डा. मिलन रत्न शाक्यको अध्यक्षतामा बसेको बैठकमा प्रा. डा. नमन उपाध्याय (प्रतिनिधि जयन परिषद नेपाल), पंडित दामोदर गौतम (अध्यक्ष, विश्व हिन्दु महासंघ नेपाल), केशव प्रसाद चौलागाई (महासचिव, अन्तरधार्मिक परिषद नेपाल), सिद्धरत्न शाक्य (शाक्य फाउन्डेशन), योगि सिंहनाथ (हिन्दु अनुयायी), नियाज अहमद (भु.पु. मदरासा नेपाल), डा. नरेन्द्र पाण्डे (वाहाई संयोजक), धर्ममूर्ती भन्ते (उपाध्यक्ष, अखिल नेपाल भिक्षु महासंघ), दङ्गध्वज (बोयाहाङ्ग) (केन्द्रिय उपाध्यक्ष, किराँत धर्म), राजकाजी श्रेष्ठ (सदस्य, शाक्य फाउन्डेसन), तीर्थमान शाक्य (सदस्य, शाक्य फाउन्डेसन), अमीरमान शाक्य (अध्यक्ष, शाक्य फाउन्डेसन), श्रीमती सृजनादेवी शाक्य (बौद्ध धर्म अनुयायी), पियारत्न महर्जन (महासचिव, आइ.ए.पि.डि. नेपाल), छिरिङ्ग शेर्पा (अध्यक्ष, ख्याम्पो गुम्बा) लगायतको सहभागिता भएको बैठकले एशिया प्यासिफिक शिखर सम्मेलनको बारेमा हुने कुनै प्रकारको हल्लाको पछि नलाग्न आग्रह गरेको आइ.ए.पि.डि. नेपालका महासचिव पियारत्न महर्जनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु