तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अनुशासन कायम राख्न पछि हट्न हुँदैन– खेलकुद मन्त्री श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र २ गते, शुक्रबार ६:२९

काठमाडौं, चैत १– नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अनुशासन बनाइ राख्न पछि हट्न नहुने बताएका दिएका छन् ।
राखेपले बोर्डका अध्यक्षसमेत रहेका खेलकुद मन्त्री श्रेष्ठको स्वागत र बधाइ कार्यक्रममा मन्त्री श्रेष्ठले दशकौंसम्म निर्वाचन नगर्ने र ऐन पालना नगर्ने खेल संंघलाई सही बाटोमा ल्याउन ऐनमा रहेर कारबाही गर्न पछि हट्न नहुने बताएका हुन् ।
मन्त्री श्रेष्ठले सम्भावनाका आधारमा खेल संघहरूलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने अवस्थामा राज्य रहेको बताउदै खेलका इतिहास, सफलता र उपलब्धिका आधारमा मात्र लगानी गरिने बताए ।
मन्त्री श्रेष्ठले सबै एकैपटक सफल हुने वातावरण सिर्जना गर्न सबैले एकभएर प्रयास गर्नु पर्नेमा जोड दिदै नतिजा आए मात्र राज्यले गरेको खर्चको प्रमाणिकरण हुने बताए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाले सबैले देखेका सपना पूरा गर्न मन्त्रालयसँगको सहकार्यमा सफल हुने धारणा राखे ।
राखेप सदस्यसचिव टंकलाल घिसिङले परिषद्को विविध पक्ष बारे जानकारी गराउदै सामूहिक प्रयासबाट कर्तब्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु