तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

खत्री एटीयु क्याडेट कमिटीको सदस्यमा चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र ४ गते, आईतवार ७:११

तेक्वान्दो प्रशिक्षक राजेन्द्र खत्री एसियाली तेक्वान्दो युनियन (एटीयु) को क्याडेट कमिटीको सदस्यमा चयन भएका छन् ।
एटीयुले तेक्वान्दो खेलको विकास र विस्तारमा पु¥याएको योगदान र सक्रियतालाई मूल्याँकन गरी सदस्यमा चयन गरेको खत्रीले जनाएका छन् । खत्री विगत ३२ वर्षदेखि तेक्वान्दोमा सक्रिय छन् ।
उनले दिलिप स्मृति तेक्वान्दो डोजाङ र विश्व निकेतनमा करिब १ सय खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । सदस्यमा चयन भएकोमा चेला÷चेलीले खत्रीलाई बधाइ दिदै सम्मान पनि गरे । खत्रीका छोरा दिपेन्द्र, छोरी दिलिता र श्रीमति लक्ष्मी पनि तेक्वान्दो खेलाडी हुन् ।
दिलिप स्मृति तेक्वान्दो डोजाङ खत्रीले स्व. छोराको नाममा स्थापना हुन् । स्व. दिलिप पनि तेक्वान्दो खेलाडी थिए । उनको ९ वर्षअघि अल्पायुमा निधन भएको थियो । स्व. छोराकै स्मृतिमा खत्रीले वर्षेनी प्रतियोगिता पनि आयोजना गर्दै आएका छन् । प्रतियोगिताको सातौं संस्करण चैत २५ गतेदेखि सुरु हुँदै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु