तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

राखेप कर्मचारी संघद्वारा पूर्व मन्त्री र राखेप पदाधिकारी सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र १० गते, शनिबार ५:०८

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले युवा तथा खेलकुद पूर्व मन्त्री डिगबहादुर लिम्बू, राखेपका पदाधिकारीलगायतलाई एक कार्यक्रमबीच शुक्रबार सम्मान गरेको छ ।
कर्मचारी संघले राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य प्रकाशकुमार कुसारी, अञ्जन धमला, पेमा डोल्मा लामा, श्रीमान थापा मगर, चन्द्र बदना राई, दीपेन्द्र विष्ट, लेखबहादुर क्षेत्री र विना श्रेष्ठ, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल र पदपूर्ति समितिका सदस्य वृजेन्द्र हमाललाई कदरपत्रसहित सम्मान गरेको हो ।
उनीहरुलाई राखेपमा विभिन्न तहमा कार्यरत कर्मचारीहरुको लामो समयदेखि रोकिएको बढुवा तार्किक निष्कर्षमा पु¥याउन महत्वपूर्ण योगदान पु¥याएवापत सम्मान गरिएको हो ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उनीहरुलाई सम्मान गर्दै कर्मचारी संघले पूर्व मन्त्रीलगायतको कामको मुल्यांकन गरी सम्मान गर्ने कार्य प्रशंसनीय कार्य भएको बताए ।
सोही अवसरमा राखेप कर्मचारी संघका पूर्व पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानितहरुमा पूर्व अध्यक्ष नारायणदेव राणा र रञ्जन थापा, महासचिव फणिन्द्रप्रसाद पौडेल, पूर्व उपमहासचिव डिल्लीराम काफ्ले, पूर्व सचिव दिपकबहादुर सिंह, पूर्व वरिष्ठ उपाध्यक्ष्ना कर्मबहादुर सिंह, पूर्व उपाध्यक्ष राजु महर्जन, लक्ष्मण योगी र आश्रम केसी, पूर्व सदस्यहरु मातृकाप्रसाद दाहाल, धर्मराज ओझा, भुवनबहादुर थापा, सन्तोषी वैद्य, झुनादेवी शर्मा, ओमकार गिरी, उत्तमबहादुर रिमाल, सुदिल विक, हरिबहादुर भुजेल र फणिन्द्र पछाईं रहेका छन् । उनीहरुलाई कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेतलगायतका पदाधिकारीले सम्मान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु