दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कार्य योजना महत्वपूर्ण– सदस्य–सचिव घिसिङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र १० गते, शनिबार ५:१६

काठमाडौं, चैत ९ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले कुनैपनि राष्ट्रिय खेल संघको साधारण सभाले चयन गर्ने केन्द्रीय कार्यसमिति भन्दा पनि त्यो कार्यसमितिले तर्जुमा गर्ने कार्य योजना अझ महत्वपूर्ण हुने बताएका छन् ।
सोल्टीमोडमा भएको ई स्पोर्ट्स संघ नेपालको पहिला साधारण सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।
‘कुनैपनि राष्ट्रिय खेल संघको साधारण सभाले केन्द्रीय कार्यसमिति चयन गर्नु राम्रो हो । यो स्वभाविक प्रकृया हो । अझ महत्वपूर्ण कुरा के हो भने, कार्यसमितिले कस्तो कार्य योजना तयार गरे अघि बढ्छ भन्ने हो । इ स्पोर्ट्स संघले पनि सबैले अनुभूति गर्ने गरी कार्य योजना तयार गरेर अगाडि बढ्ने छ भन्नेमा मलाई विश्वास छ ।’
सदस्य–सचिव घिसिङले ई स्पोर्ट्सले विगतमा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धीलाई ध्यानमा राखि ई स्पोर्ट्स संघ राखेपमा दर्ता गरेको बताए ।
‘विगतमा नेपाली ई स्पोर्ट्सले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो नतिजा हासिल गरेको छ । मेरो कार्यकालमा २० देखि २५ वटा संघ दर्ताका लागि आएको थियो । मैले कुनैपनि संघ दर्ता गर्न मानिन ।’ सदस्य–सचिव घिसिङले भने– ‘तर, संसार जुन परिवेशमा अगाडि बढि रहेको छ, त्यसको आवश्यकतालाई महशुस गरी ई स्पोर्ट्स राखेपमा दर्ता गरेको हुँ । करिब दुई वर्षको मेरो कार्यकालमा दर्ता भएको ई स्पोर्ट्स पहिलो संघ हो । नेपाली खेलकुदमा नयाँ युगको स्थापना भएको छ भन्ने सन्देश दिने गरी नयाँ कार्यसमितिले काम गर्ने छ भन्ने मैले विश्वास लिएको छु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु