तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

संचारकर्मी रिजाल सक्रिय राजनीतिमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र १५ गते, बिहीबार १४:१६

१५ चैत, काठमाडौं । नेकपा(एमाले) बुढानीलकण्ठको २०८० चैत १६ र १७ गते हुने दोश्रो नगर अधिवेसनका लागि राष्ट्रिय जनपक्षीय चलचित्र कर्मी सङ्घ, नेपालका महासचिव, कलाकार तथा संचारकर्मी बसन्तराज रिजाल प्रतिनिधि छनोट भएका छन् ।

नेकपा एमाले बुढानिलकण्ठको दोश्रो नगर अधिवेसनका लागि प्रतिनिधि छनौट सकिएको छ । चैत १६ र १७ गते हुने नगर अधिवेसनका लागि नगरका १३ वडा र जनसंगठनहरुले प्रतिनिधि छनौट गरेका छन। प्रतिनिधिको रूपमा संचारकर्मी बसन्त राज रिजाल पनि बुढानिलकण्ठ नगरको वडा नं १० बाट प्रतिनिधि छनोट भएका हुन् ।

बिगत दुई दशक देखी संचारकर्मीको रुपमा क्रियाशील संचारकर्मी बसन्त राज रिजाल पूर्णकालिन राजनीतिक यात्राको बाटो अंगालेको डिजिटल खबरलाई बताएका छन् ।

लामो समयसम्म पत्रकारीता क्षेत्रमा क्रियाशील रहँदा आम नागरिकको पक्षमा आफ्ना आवाजहरु निरन्तर उठाएका उनले यतिबेला संचार क्षेत्रमा भएको आफ्नो यात्रालाई समेत निरंतरता दिदै राजनीतिक यात्राको परिस्थिति आएको र आफ्नो राजनीतिक यात्रा कस्तो हुने भन्ने खाका कोर्न आम नागरिकहरुबाट सल्लाह लिने समेत बताएका छन् ।

लामो समयदेखी कपन क्षेत्रको नेकपा एमालेको संगठन निर्माण र विस्तारमा सक्रिय रहेका रिजाल साविक कपन गाविस रहदादेखीानै बुढानिलकण्ठ नगरपालिका भित्र रहेका बिभिन्न युवा क्लव, उपभाेक्ता समिति, निर्माण समितीको नेतृत्व गरिरहेका उनले पाटीका बिभिन्न कार्यक्रमककाे जिम्मेवारी समेत बहन गरेका छन । रिजालले नेकपा एमालेका विभिन्न जन संगठनहरुमा रहेर समेत योगदान पुर्याएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु