तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सुनापती सैलुङ अल्ट्रा म्याराथनमा वेदबहादुर र निर्मलालाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र १७ गते, शनिबार २०:१५

काठमाडौं, चैत १७ गते ।
बेदबहादुर राई र निर्मला राईले सुनापती सैलुङ अल्ट्रा म्याराथन प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । बेदबहादुर पुरुष तथा निर्मला महिलाको ५५ किलोमिटर दूरीमा पहिलो भएका हुन् ।
पुरुषमा मनकुमार रोका मगर दोश्रो तथा गोपाल तामाङ तेश्रो भए । महिलामा छोकी शेर्पा दोश्रो भइन् । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ८० हजार, ३५ हजार र २० हजार नगद पुरस्कार पाए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोगमा सुनापती, खाँडादेवी र दोरम्बा शैलुङ स्पोर्ट्स क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष २५ किलोमिटरमा अर्जुन कुलुङ राईले स्वर्ण, तिलकबहादुर सुनुवारले रजत र करण रावलले कांस्य जिते । उक्त स्पर्धाको महिलामा प्रिया राई पहिलो, सुन्सरी रोकाय दोश्रो तथा हुमि बुढा मगर तेश्रो बने । पुरुष÷महिला दुवैमा पहिलो हुनेले ४५ हजार, दोश्रोले २५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गरे ।
पुरुष ५ किलोमिटर दौडमा अक्कलबहादुर पाल प्रथम, निरज भट्ट द्वितीय र सुवास कार्की तृतीय भए । सोही स्पर्धाको महिलामा सिर्जना पाण्डेय पहिलो, पद्माकुमारी सुनुवार दोश्रो र सोनिमा शेर्पा तेश्रो स्थानमा रहे । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार जिते ।
विजेतालाई राखेपका सदस्य¬¬¬¬¬¬सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच उद्घाटन गरे । त्यसअघि प्रतियोगिताको उद्घाटन पनि सदस्य¬¬सचिव घिसिङले गरेका थिए ।
सो अवसरमा सदस्य¬सचिव घिसिङले कार्यक्रम सफल बनाउन साझेदारी गरेकोमा सुनापती गाउँपालिका, खाँडादेवी गाउँपालिका र दोरम्बा सैलुङ गाउँपालिकालाई धन्यवाद दिदै यो क्षेत्रलाई सैलुङ अल्ट्रा म्याराथनका लागि मात्र नभइ मोटर ¥याली, माउन्टेन बाइक प्रतियोगिता र हाइ अल्टिच्युट टे«निङ सेन्टरको रुपमा विकास गर्नु पर्ने आवश्यकता औल्याए । सदस्य¬सचिव घिसिङले स्थानिय पालिकाले योगा खेलकुदलाई पनि विशेष जोड दिनु पर्ने धारणा व्यक्त गरे । प्रतियोगितामा १२७ पुरुष, ३१ महिला र ५ विदेशी खेलाडी सहभागी थिए । म्याराथन सुनापतीको हिलेदेखि सुरु भइ सैलुङको चुचुरोमा पुगेर टुंगिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु