
काठमाडौ — सन् २००४ मा स्थापना भएको यौनजन्य हिंसामा परेका महिलाहरूको उत्थानमा क्रियाशील सामाजिक संस्था रक्षा नेपालका किशोरीहरुको लागि दुध जन्य पदार्थ प्रदान गरिएको छ ।
नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव तथा सहयोगी मनका धनी श्याम कुमार घिमिरेले आइतबार मातातीर्थ मा रहेको संस्थामा आश्रित किशोरीहरुका लागि पनिर,दही,घ्यू लगाएतको दुध जन्य पदार्थ सहयोग प्रदान गरेका हुन् ।
युवा व्यवसायी घिमिरेले यौनजन्य हिंसा पीडित तथा प्रभावितको आश्रय दिंदै आएको रक्षा नेपाललाई आगामी दिनमा पनि सहयोग प्रदान गर्दै जाने बताए ।


