काठमाडौं, असोज १२ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय सशस्त्र प्रहरी गण नं २ महाराजगंजमा संचालित १२९औं समूहको ट्राफिक नियन्त्रण तालिम समापन भएको छ । उक्त तालिम समापनका अवसरमा महानगरीय ट्राफिक महाशाखा, रामशाहपथमा बुधाबार आयोजित एक कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पन्तले तालिममा सिकेका सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सिपलाई कार्यक्षेत्रमा प्रयोग गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्दै असोज १४ गतेबाट संचालित उक्त तालिममा ६ जना महिला सहित गरी कूल ७० जना प्रहरी जवानहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।
सम्बन्धित शीर्षकहरु