दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नयाँ वर्षको सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपाल आउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० चैत्र २४ गते, शनिबार १७:४३

काठमाडौं । आगामी नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपाल आउने भएका छन् । मेलो डीलाई एल एण्ड एन एजेन्सीले नेपाल ल्याउन लागेको हो । एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले नयाँ वर्षको अघिल्लो साझ लाईभ सांगितिक प्रस्तुतिका लागि मेलो डी नेपाल आउन लागेको पुष्टि गरे । कार्यक्रमका लागि व्यापक तयारी भैरहेको पनि उनले बताए ।

दरबार मार्ग स्थित क्लब नेक्ससमा हुने मेलो डी लाईभमा झुम्न चाहने जोकोहीले टिकट संजालमार्फत टिकट लिन सक्ने कायस्थले जानकारी समेत दिएका छन् । व्यवस्थापनमा कुनै कमी नहुने उनको दाबी छ ।

नेपाली संगीत प्रेमीहरू मेलो डीको प्रस्तुती हेर्न उत्सुकतापूर्वक पर्खाईमा रहने दाबी गर्दै कायस्थ भन्छन् ‘सबैभन्दा प्रत्याशित ईभेण्ट बन्नेछ यो न्यू इयर नाइट इभेन्ट र मेलो डीले आफ्नो सनसनीपूर्ण संगीतले मञ्चलाई प्रतिध्वनित गर्नेमा म विश्वस्त छु’। समकालीन बीटहरूसँग परम्परागत भारतीय ध्वनिहरू फ्यूजन गर्ने मेलो डीको अद्वितीय शैलीले न्यू इयर नाइट इभेन्ट  एउटा भव्य कार्यक्रम हुने कायस्थको दाबी छ।

विश्वस्तरिय असाधारण ईभेण्ट व्यवस्थापन कौशलका लागि परिचित एल एण्ड एल एजेन्सी नेपालमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू पस्कदै आएको छ  विगतमा ६ सय भन्दा बढि उल्लेखनीय कार्यक्रमहरू आयोजना गरेको यस एजेन्सीले प्रतिभाशाली बलिउड संगीतकार, गायक र र्‍यापर तेरा भाइ जेडबी, बम्बे वाइकिंग्स र विनीत सिंहलाई नेपाली दर्शकहरूमाझ प्रस्तुत गरिसकेको छ । 

को हुन मेलो डी ? 
आफूलाई बलिउडको सबैभन्दा खोजिने गायक र र्यापरहरू मध्ये एकको रूपमा स्थापित गरेका मेलो डी युवा पुस्ता माझ लाइमलाइटमा छन्। ‘ड्रंक एण्ड हाई’, ‘फाइटर फिल्म गीत–इश्क जैशा कुछ’, ‘भुल भुलैया २’ र्‍याप गीत–तेरे आंखे भूल भुलैया, ‘हौले हौली’ र ‘नडियो पार’ जस्ता चार्ट टपिङ हिट गीतहरू दिएर चर्चा बटुल्दै उनले संसारभर फ्यान बढाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु