तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

डा. दिक्षितले भने : नेपाल ४, ५ वा ६ वर्षमा टाँट पल्टिन्छ ….

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १२ गते, बुधबार १८:४९

काठमाडौं, १२ मंसिर । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले सरकारले हिजोबाट सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम सैद्धान्तिक रुपमा ठीक भएपनि यसको दीर्घकालिन नतिजा भने डरलाग्दो रहेको खतरा औंल्याएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. दिक्षितले भने,‘यो कार्यक्रम लागु गर्नको लागि अबको दुई वर्षमा डेढ खर्ब रुपैयाँ जम्मा हुन्छ भनिएको छ । नेपालमा हामी अहिले रामराज्यमा त छैनौं । हामी नेपालीहरुमा भ्रष्टाचार कति छ ? यो तपाईहरुलाई थाहा छ । यो भ्रष्टाचार यति व्याप्त भएको ठाउँमा डेढ खर्ब रुपैयाँ कसरी जम्मा हुन्छ र त्यसमा क–कसको गिद्दे नजर लाग्ला भन्ने कुरा त्यो तपाईहरुले विचार गर्नुहोला।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘त्यो पैसा जुन उद्देश्यले जम्मा भएको छ । त्यतापटि जाला कि नजाला ? भन्ने कुरा ठूलो–ठूलो प्रश्न मेरो मनमा उठेको छ। यो म किन भन्दैछु भनेदेखि नागरिक लगानी कोष भनेको यसमा सिम्पल नागरिकको पैसा परेको हो । तर, अहिले भर्खरै वाईडबडी एयर क्राफ्टको कुरा आएको छ । त्यसमा नागरिक लगानी कोषको भयंकर ठूलो पैसा परेको छ । त्यो यसरी हेर्दाखेरि डुब्दैछ । किनभने नेपाल एयरलायन्स त डुब्दैछ । मन्त्रीज्यूले जे जति अहिले यहाँ भनेतापनि फ्याक्ट त यो छ कि नेपाल एयरलायन्स अहिले पूर्ण रुपमा चुर्लुम्मै डुबेको छ । उ अब पैसा नभईकन उठ्ने अवस्थामै छैन् । त्यो पैसा कसले दिने ? र कहाँबाट आउने भन्ने कुरामात्रै हो ।’

दिक्षितले नेपालमा जुन–जुन सरकार आएपनि गिद्धे आँखा चाहीँ त्यही लगानी कोषमा हुँदो रैछ भन्दै अघि थपे,‘अहिले हेर्नुहोस ईन्सुरेन्समा पनि त्यही छ। हजार रुपैयाँ पर्ने कुरामा दश हजारको बिल आउँछ । सबैको मिलोमतो छ ।’ त्यस्तै उनले आज नेपालका हरेक पार्टीका ट्रेड युनियन रहेको सुनाए । उनले भने,‘ट्रेड युनियन हुनुहुँदैनथियो ।’
निजी क्षेत्रका व्यक्तिहरुले सामाजिक सुरक्षा कार्यक्रम राम्रो छ र यसलाई सहयोग गर्नुपर्छ भनेर बोलेको सुनाउँदै उनले भने,‘उनीहरुले राम्रो भने । तर, यसको व्यवहारिक पक्षलाई ध्यान दिनुपर्छ ।’ उनले आखिरमा नेपाल ४, ५ वा ६ वर्षमा टाँट पल्टिनेपनि खतरा औंल्याए । उनले भने,‘त्यो लगानी कोष छ, त्यो विल्कुलै टाँट पल्टिन्छ ।’ उनले ३४ लाख ८ हजार कर्मचारी एकैचोटी आन्दोलनमा गए भने के हुन्छ भनेर प्रश्न समेत सोधे ।

उनले अघि भने,‘अनि नेपाल सरकारले पैसा लिनुपर्छ । कहाँबाट ? विदेशबाट । त्यो रकम सबै सरकारले त दिँदैन् । कम्युनिष्ट सरकार रह्यो भने उसले कम्युनिष्ट मुलुकनै खोज्छ । अहिले कम्युनिष्ट मुलुक त चीन नै हो । चीनले लगानी गरिदिन्छ । पैसा पनि दिन्छ । तर, डर कहाँ छ भनेदेखि अहिले संसारभरि परेको छ कि चिनियाँहरुले आरामसँग पैसा हालेका छन् । तर, पैसा फर्काउन नसक्ने मुलुकहरु ‘डेब्ट–ट्रयाप’मा परेका छन् । उनीहरु ऋणको जालोमा परेका छन् ।’

श्रीलंकाजस्ता देशलेपनि चीनको पैसा तिर्न नसकेर उसको कति भु–भाग त चीनलाई ९९ वर्षलाई लिजमा दिनुपरेको दिक्षितले सुनाए । उनले थपे,‘हामीले अब बाहिरबाट पैसा लिँदापनि चीनकै पैसा लियौं भने तिर्न सक्ने अवस्थामा छैनौं । नतिर्ने बितिक्कै मुलुक चाहीँ हाम्रो डुब्छ।’ चीनको ऋण तिर्न नसकेर श्रीलंकाले त भुभाग डुबाएको तर नेपालले त देश नै डुबाउने उनले खतरा औंल्याए ।
त्यसपछि मुलुक विकाउमा जाने उनको भनाई छ । दिक्षितले भने,‘अहिले होश पुर्याउने अवस्था आएको छ । सरकारले कुरा त गर्यो तर दिर्घकालिन रुपमा यसको नतिजा असाध्यै–असाध्यै डरलाग्दो छ । त्यसैले अहिले सबैले होश गर्ने बेला छ । हामी कुनैपनि हालतमा हाम्रो मुलुकलाई विदेशीको पैसामा हामी नबिकौं ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु