
नेपालका पर्यटन क्षेत्रका विभिन्न मजदुर संगठनहरुले आफ्ना माग पुरा गराउनको लागी मिति २०७५ साल मंसिर १० गते सोमबार देखि ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) सचिवालयमा तालाबन्दी गरिएको छ । जसले गर्दा अत्यन्त महत्वपुर्ण दैनिक कार्य संचालन गर्न समेत अवरोध भएको र मजदुरहरुले राखेको मागप्रति टान संधै सकारात्मक रहेको जानकारी गराउदै तालाबन्दीबाट मात्र समस्याको समाधान नहुनेमा टान विश्वास गर्दछ । यसै सन्दर्भमा आज मिति २०७५ साल मंसिर १२ गते बसेको टान कार्यसमितिको आकस्मिक बैठकको निर्णय अनुसार टानका अध्यक्ष श्री नवराज दाहालको अध्यक्षतामा एक वार्ता समिति बनाएको जानकारी गराउँदै तत्काल बार्तामा बसी समस्याको समाधान गर्नको लागी सम्बन्धित पक्षलाई हार्दिक अपिल गर्दछौ ।
विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित समचारहरुलाई आधार नबनाई टान र मजदुर बीचको सहकार्यलाई बलियो बनाउन आवश्यक छ र कुनै पनि व्यक्ति बिशेषको नाम प्रकाशित समचारलाई बिश्वास नगरि हाम्रो हार्दिकता र सहकार्यलाई निरन्तरता दिई नेपालको पर्यटन बिकास र प्रर्वद्धन गर्दै हामी सबैको हितको लागी एकताबद्ध हुन पनि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौ ।



