तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नयाँ वर्षका दिन गडस्पिनमा टेबलटेनिस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २ गते, आईतवार ६:३९

काठमाडौं ।गडस्पिन टेबल एकेडेमीले नयाँ वर्षको उपलक्ष्यमा शनिबार मैत्रीपूर्ण खुला टेबलटेनिस प्रतियोगिता आयोजना ग¥यो । प्रतियोगितामा ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
मिक्स यु–१६ मा रिभान वज्राचार्य पहिलो, निर्भाना वज्राचार्य दोश्रो तथा नेहा श्रेष्ठ र इसान्भी महर्जन तेश्रो भए । पुरुष ४० वर्षमाथि भेट्रानमा निम जोशीले स्वर्ण, जेविन्द्र वज्राचार्यले रजत तथा सुरज वज्राचार्य र राजेन्द्र श्रेष्ठले कांस्य जिते ।
ललितपुरको गाहबालस्थित आयोजककै हलमा भएको प्रतियोगिताको पुरुष ५० वर्षमाथि भेट्रानमा नदिमरत्न शाक्य प्रथम, रोशन शाक्य द्वितीय तथा सागर अमात्य र प्रकाश धाख्वा तृतीय भए । पुरुष खुलामा सुमन शाक्य पहिलो, रजेन्द्र श्रेष्ठ दोश्रो तथा चन्दन चौधरी र निकेनमान प्रधान तेश्रो बने ।
विजेतालाई टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपाली र आयोजक गडस्पिनका अध्यक्ष रोशनकुमार शाक्यले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ८५ खेलाडी सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु