दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एथलेटिक्स टोली दुबई जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १० गते, सोमबार ६:१४

काठमाडौं, बैशाख ९ गते । एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली सोमबार दुबई जाने भएको छ ।
बैशाख १२ देखि १५ गतेसम्म हुने प्रतियोगितामा ३ पुरुष र १ महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ८ सय÷१ हजार ५ सय मिटर दौडमा बादल कार्की, १ सय÷२ सय मिटर दौडमा आदेशकुमार यादव र १ हजार ५ सय÷३ हजार मिटर दौडमा अजय विकले प्रतिस्पर्धा गर्ने छन् । महिला १ हजार ५ सय÷३ हजार मिटर दौडमा कल्पना बुढा सहभागी हुने छिन् । चारै खेलाडी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गत बिहीबार सम्पन्न १४ औं राष्ट्रपति रनिङ सिल्डका पदक विजेता हुन् ।
प्रशिक्षक एथलेटिक्सकी मुख्य प्रशिक्षक कान्ती महतो रहेकी छन् । टोलीलाई सफलताको शुभकामना दिदै राखेपका सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु