दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुजित र प्राप्ति उत्कृष्ट खेलाडी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १० गते, सोमबार ६:३२

सुजित कार्की धोली र प्राप्ति कार्की एसकेबीसी तेक्वान्दो डोजाङका वर्ष उत्कृष्ट खेलाडी– २०८० घोषित भएका छन् । सुजित पुरुष र प्राप्ति महिलमा वर्ष खेलाडी घोषित भएका हुन् ।
एसकेबीसीले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई अवार्डसहित पुरस्कृत ग¥यो । वर्ष २०८० मा सुजितले १ अन्तर्राष्ट्रिय र ६ घरेलु प्रतियोगितामा स्वर्ण जितेका थिए । प्राप्तिले ४ घरेलु प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।
उनीहरुलाई टोखा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत शेरबहादुर बिसी, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र एसकेबीसी तेक्वान्दो डोजाङका प्रमुख रन्जित डगौराले एक कार्यक्रमबीच ट्रफी र खेल पोशाक प्रदान गरी सम्मान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु