तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपालले जापानमा वाटा ओपन तेक्वान्दो खेल्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख १२ गते, बुधबार १९:१८

काठमाडौँ, वैशाख १२ गते ।नेपालको तेक्वान्दो टिमले जापानमा हुने २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा सहभागिता जनाउने भएको छ ।
जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहनेछ । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले २४ देशको सहभागिता रहने सो प्रतियोगितामा खेल्न १५ सदस्यीय नेपाली तेक्वान्दो टिम बिहिबार जापान प्रस्थान गर्ने जानकारी दिनुभएको छ ।
सो प्रतियोगितामा साग स्वर्णधारी वीरबहादुर महराले ७४ केजी मुनि, श्रीकृष्ण खड्काले ८७ केजी मुनि, निरज देउवाले ८७ केजी माथि, चन्द्रबहादुर राना मगरले ५८ केजी मुनि र धनबहादुर तामाङले ६८ केजी मुनि प्रतिस्पर्धा गर्नुहुनेछ । यसैगरी टार्जन कायात मगर र युकेश थापा मगरले पुम्से अन्डर ३० मा आआप्mनो चुनौती पेश गर्नुहुनेछ । महिलातर्फ सुस्मा श्रेष्ठले यु६२ र सानी राना मगरले यु ७३ मा खेल्नुहुनेछ । भजिन्द्रबहादुर क्षेत्री पुरुष र विद्या राईले महिला प्रशिक्षकको जिम्मेवारीमा रहनुभएको छ ।
महेश्वर फुयालको नेतृत्वमा रहेको सो तेक्वान्दो टोलीमा टिम म्यानेजरमा रविन कोइराला र अफिसियलमा घनश्याम गौतम हुनुहुन्छ । सो प्रतियोगतामा रेफ्रीको भूमिका निर्वाह गर्न खड्का पनि नेपाली तेक्वान्दो टिमसँगै जापान जानुहुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु