तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’, कविता सङ्ग्रह  ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ बैशाख २० गते, बिहीबार १७:२८

काठमाडौं । गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ् मय’ कविता सङ्ग्रह  ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक गरिएको छ । गोरखा सर्जक समाजद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा समालोचक डा वासुदेव त्रिपाठी, बमबहादुर जितालीलगायतका श्रष्टाले गोरखा–वाङ् मय र कवितासङ्ग्रह लोकार्पण गर्नुभएको हो ।  

समालोचक वासुदेव त्रिपाठीले गोरखा–वाङ्मय र बादलमुनिका बस्तीहरूलगायतका सिर्जनाले नेपाली साहित्य भण्डारलाई बलियो बनाउन योगदान दिने बताउनुभयो । डा नवराज कट्टेलले आख्यानात्मक सो वाङ्मयमा ४० वटा लेख रचनाले साहित्य, संस्मरण र जीवन र जगत्का विविध पक्षलाई उजागर गरेको चर्चा गर्नुभयो । 

समीक्षक रश्मि भट्टले ‘बादलमुनिका बस्तीहरू’ कवितासङ्ग्रहमा सर्जकले आफ्नो जागिरे जीवनमा लेखेर राख्नुभएको कविताको सँगालोभित्र अनेकौँ भोगाइका झलक भेटिएको बताउनुभयो । 

सो अवसरमा कार्यक्रम माझ बोल्नु हुदै  गोरखा–वाङ् मयका सम्पादक दिपक न्यौपानेले गोरखा सर्जक समाजले स्थापनाको छोटो अवधिमा विभिन्न सर्जकका शिल्प सिर्जनालाई आम पाठकमाझ पस्कदै नेपाली  साहित्यको जगेर्ना गर्ने कार्यमा उल्लेख्य रुपमा योगदान पुर्याउदै आएको बताउनुभयो । 

गोरखा–वाङ् मयका सम्पादक सुरेशकुमार भट्टले गोरखा सर्जक समाज संस्थाको गतिविधिलाई दीर्घकालीन बनाउन आजीवन सदस्य सङ्ख्या बढाउँदै आर्थिक रकम सङ्कलन गरी अक्षयकोषको स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

गोरखा–वाङ्मय दिपक न्यौपाने, वासुदेव भट्ट र सुरेशकुमार भट्टको सम्पादनमा तयार भएको हो भने ‘बादलमुनिका बस्तीहरू’ सर्जक विष्णुहरि अधिकारीले लेख्नुभएको हो ।  

२०७५ सालमा स्थापना भई २०७५ सालमा नै संस्थापक अध्यक्ष समेत रहनुभएका साहित्यकार तुलसीप्रसाद न्यौपानेले पत्नीवियोगमा लेख्नुभएको कृति ‘स्‍मृतिमा कमला न्यौपाने’ बाट आफनो प्रकाशन यात्रा शुरु गरेको गोरखा सर्जक समाजले हालसम्म विभिन्न साहित्यकर्मीका एक दर्जन कृति प्रकाशन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु