
-सेफ लक्ष्मण भण्डारी
काठमाडौ मसिर १७
चिसो मौसम बढ्दैछ, चिसोको कारणले धेरैजसो मान्छेहरूलाई रूघा खोँकी लाग्ने, ढाड–कम्मरलगायत शरीरका जोर्नीहरू दुख्ने देखि लिएर धेरै कष्टकर स्वास्थ्य समस्याहरू पनि हुनसक्छन् । त्यसैले चट्नी बनाऊदा लसुन, टिमुर, अदुवा, पुदिना ,अमला को सानो सानो टुक्रा तेस मा थोरै कालो नुन र महको प्रयोग गरौं स्वास्थ्यकर रहौं ।यी चिजहरूलाई धेरै तरिकाबाट सेवन गर्न सकिन्छ जसमा एउटा विधि हो चट्नी बनाएर । चट्नी बनाउँदा यी सबै चिजलाई एकैसाथ मात्रा मिलाएर पनि बनाउन सकिन्छ ।
जुन विधि प्राय हाम्रो व्यवहारमा प्रयोग भइ पनि रहेको हुन्छ । खुर्सानीको प्रयोग नगरी नियमित यसलाई मात्र चट्निको रूपमा नभएर औषधिको रूपमा सेवन गर्ने गर्यो भने यसले धेरै समस्यामा नपत्याईँदो गरी फाइदा पुर्याउँछ । यसले खाना पचाउँछ, आऊँलाई ठिक गर्छ, पेटका धेरै समस्यालाई फाइदा गर्छ (पाइल्स हुनेले अदुवाबाहेक प्रयोग गर्नु पर्ने हुन्छ) । निद्रा लगाउँछ, जमेको कफ निकाल्छ, चिसोको कारण लागिरहने गरेको रूघा–खोँकी ठिक गर्छ, जोर्नीहरू दुखेकोलाई निको गर्नेलगायतका धेरै फाइदा दिन्छ ।



