तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते, आईतवार ६:३६

काठमाडौं । चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमकाबिच ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलर दयाहाङ राई (बाबु) र बिन्द्रे (प्रसन राई) को वरपर घुमेको छ । अभिनेत्री पशुपति राई फिल्ममा दयाहाङकी पत्नीको रोलमा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । नवीन सुब्बा निर्देशित फिल्म आमोद राईले निर्माण गरेका हुन् । रामबाबु गुरुङको बाँसुरी फिल्मस् र निर्देशक सुब्बाको मेन्छायम पिक्चर्सको ब्यानरमा फिल्म बनेको हो ।

प्रेम सुब्बा, केशव राई, राज थापा, सुमित्रा राईको समेत अभिनय रहेको फिल्मका कार्यकारी निर्माता सञ्जु राई, देवराज राई, नारहाङ राई, भीम राई हुन् । फिल्मले अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा सहभागिता जनाएर अवार्ड जितिसकेको छ । फिल्म आगामी २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तय भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु