
काठमाडाै। कल्याणकारी स्वयंसेवक संघ, नेपालले रेडियो नेपालको परिसरमा रहेको पोखरी लगायत यस वरिपरिको कम्पाउण्डको पहिलो, दोस्रो र तेस्रो चरणको सरसफाई सम्पन्न गरेकोछ । परिवर्तनका लागि स्वयंसेवक भन्ने मुल नारा लिएर अगाडी बढेको यस संस्थाले आफ्नै सदस्यहरुले शनिवारको समयलाई सरसफाई तथा परोपकारी कार्य गर्दै आईरहेका छन् ।
यस संस्थामा स्वार्थ भन्दा माथिरहेर खाली समय निस्वार्थ सेवामा समर्पीत हुन्छु भनि आवद्धता भएका १००औँ स्वयंसेविहरु हिलो, धुलो र पानी नभनी सरसफाई कार्यमा जुटेका थिए । पोखरी सरसफाई को क्रममा पहिलो चरणमा कम्पाउण्ड भित्रबाट ६०० बोरा फोहोर बाहिर निकालेका थिए भने दोस्रो चरणमा १००० बोरा निकालीएको थियो र तेस्रो चरणमा ५००० टन ढलान फुटाएर निस्केको फ़ोहोर पोखरी भित्रबाट पूर्ण रुपमा बाहिर निकालीएको छ । टाइम्स कलेज, जुगल कलेज WVAN केन्द्र, प्रदेश ३ बु.न. पा. कमिटी तथा महिला समुह र रेडियो नेपालका सयौं स्वयंसेवकहरु सहभागी भएका थिए ।




