दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हिसान काठमाडौंद्वारा दोस्रो हिसान म्याराथुन–२०२४ आयोजना, तीन सयभन्दा बढी प्रतिस्पर्धी सहभागी हुने आँकलन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते, सोमबार ६:३१

काठमाडौं, २० जेठ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौँ जिल्ला कार्यसमितिले ‘दोस्रो हिसान म्याराथुन–२०२४’ आयोजना गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी जेठ २३ गते विश्व वातावरण दिवसको अवसर पारेर म्याराथुन आयोजना गरिएको जानकारी गराइएको हो ।

आगामी जेठ २३ गते विहान ७ बजे थापाथलीस्थित ट्रेड टावरबाट दौड सुरु हुने बताइएको छ । करिब ५ किलो मिटर दूरीको दौड सञ्चालन हुनेछ । सो कार्यक्रमको सुभारम्भ प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका सभापति सन्तोस चालिसेको उपस्थितिमा गरिने बताइएको छ ।

म्याराथुनको रुट थापाथली, माइतिघर, बवरमहल, बानेश्वर चोक, सिभिल हस्पिटल, तीनकुने हुँदै पुनः सुरु भएको विन्दुमा आएर समापन हुने छ । आयोजनक समितिका अनुसार म्याराथुनमा हिसानका सदस्य संस्थाहरुमा अध्ययनरत तोकिएका तहका विद्यार्थीहरु मात्रै सहभागी हुन पाउने छन् ।

प्रतियोगितामा सहभागी महिला र पुरुष दुवैतर्फ प्रथम, द्धितिय र तृतिय हुने प्रतिस्पर्धीहरुलाई क्रमशः नगद १५ हजार, १० हजार र पाँच हजार पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै, महिला र पुरुषतर्फ थप ३÷३ जनालाई सान्तवना पुरस्कार स्वरुप एक÷एक हजार उपलब्ध गराइने आयोजक समितिले जनाएको छ । म्याराथुनको मूल नारा ‘लेट्स रन टुगेदर फर इन्भाइरोन्मेन्ट’ रहेको छ ।

काठमाडौं हिसानकी अध्यक्ष जेसिका चेमजोङले मानिसका क्रियाकलाप र विज्ञानले ल्याएको विकासका कारण प्रदुषित बनेको वातावरण जोगाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन आवश्यक रहेको सन्देश प्रवाह गर्न म्याराथुन आयोजना गरिएको बताईन् ।

‘मानिसको क्रियाकलाप र विज्ञानले ल्याएको विकासका कारण प्रदुषित बनेको वातावरण र यसले निम्त्याएका विपद्हरु आज विश्वकै साझा समस्या बनेको परिप्रेक्षमा हाम्रोजस्तो विकासोन्मुख राष्ट्रका लागि थेग्नै नसक्ने खतरा बढ्दैछ । यो समस्याको निराकरण र न्यूनीकरण गर्न हामी सबै नागरिक र राज्यका तहतप्काबाट सहयोग हुनुपर्छ भन्ने सन्देश दिँदै यो कार्यक्रम गर्न लागिएको हो,’– उनले भनिन् ।

कार्यक्रम संयोजक एवं काठमाडौं हिसानका सह–सचिव कृष्ण गौतमले ग्लोबल वार्मिङ र क्लाइमेट चेन्जले वातावरणमा परेको असरबारे आम जनमानसमा सूचना पुर्याउन म्याराथुन आयोजना गरिएको बताए । उनले म्याराथुनमा हिसानमाका सदस्य संस्थामा अध्ययनरत प्लस टू र ब्याचलर लेवलका विद्यार्थीहरु सहभागी हुने बताए ।

‘हिसान आफैंमा निजी शिक्षालयहरुको संगठन जसले देशको निजी क्षेत्रका शिक्षालयहरुको नेतृत्व लिइरहेको छ । मूलतः अहिले ग्लोबल वार्मिङ र क्लाइमेट चेन्जले जसरी विश्वलाई असर गरिरहेको छ, सिम्बोलिक तरिकाले हिसानले पनि अपनत्व लिनुपर्छ र हामीले जनमानसमा र समग्र राष्ट्रलाई यसको बारेमा सूचना दिनुपर्छ भन्ने हेतुले हामीले यो कार्यक्र अघिल्लो वर्षदेखि अगाडि बढाएका छौं,’– उनले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु