तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बास्केटबल टोली चीन जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते, शुक्रबार १७:१६

काठमाडौं, जेठ २५ गते । छैटौं एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार चीनको झौसन प्रस्थान गर्ने भएको छ ।
जेठ २९ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा मनीष केसी (कप्तान), निकेश राखाल मगर, सुदिप पौडेल क्षेत्री र श्रेयश शाहले नेपालको प्रतिनिधित्व गर्ने छन् । प्रशिक्षक तथा व्यवस्थापकको भूमिकामा सुशिल गुरुङ रहेका छन् ।
चीनकै युनानमा गत बैशाख १२ देखि १८ गतेसम्म भएको बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री एक्स थ्री बास्केटबलमा नेपालले स्वर्ण जितेको थियो । कप्तान मनीष र निकेश त्यो टोलीका सदस्य थिए । प्रशिक्षक पनि सुशिल नै थिए । युनानको प्रतियोगितामा नेपाली टोली जि टु जिअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा सहभागी भएको थियो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सदस्य–सचिव घिसिङले चीनमै नेपाली पुरुष टोलीले स्वर्ण जितिसकेको स्मरण गर्दै वर्तमान टिमले पनि त्यही सफलता दोहो¥याने विश्वास व्यक्त गरे ।
अध्यक्ष गुरुङले बास्केटबललाई माथि उठाउन राखेपले राम्रो सहयोग गरिरहेको बताउदै सदस्य–सचिवलाई धन्यवाद दिए ।
सोही अवसरमा सदस्य–सचिव घिसिङले ग्रिसको ओलम्पियामा हुने ६४ औं ‘योङ ओलम्पिक एम्बेसडर’ महोत्सवमा भाग लिन जाने बास्केटबल खेलाडी अनुषा मल्ललाई पनि बिदाइ गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु