दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्सको अध्यक्षमा कुमारमणी थपलिया बिजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते, शनिबार ६:४५

काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) को अध्यक्षमा कुमारमणी थपलिया बिजयी हुनुभएको छ ।
नाटाको हिजो सम्पन्न निर्वाचनबाट थपलिया २७६ मत सहित बिजयी हुनुभएको हो । अध्यक्षका प्रत्यासी प्रमोद दाहालले १०५ मत मात्र प्राप्त गर्नुभयो । नाटाको सदस्य, कोषाध्यक्ष, महासचिब हुंदै थपलिया अध्यक्षमा निर्वाचीत हुनुभएको हो ।
नाटामा सर्व सम्मत नेतृत्व चयनका लागि प्रयास भएपनि अध्यक्ष, महासचिब र ८ जना सदस्यहरुको लागि मतदान भएको थियो । बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिब,कोषाध्यक्ष र सहकोषाध्यक्षमा भने सर्वसम्मत चयन गरिएको छ ।
नाटाको बरिष्ठ उपाध्यक्षमा जिस्वाँ तुलाधर श्रेष्ठ, उपाध्यक्षमा घनश्याम घिमिरे, सचिबमा बिष्णु पाण्डे, कोषाध्यक्षमा शुरेस अंगाई र सह कोषाध्यक्षमा एकनाथ काफ्ले निर्विरोध निर्वाचीत हुनुभयो । महासचिब पदका लागि भएको निर्वाचनमा युविका भण्डारी २४३ मत सहित निर्वाचीत हुनुभयो । महासचिब पदका प्रत्यासी अमृत कुमार ढकालले १३६ मत सहित उपबिजेता बन्नुभयो ।
सदस्यहरुमा राम शोभीत नायक, श्रदा जोसी, कृष्ण प्रसाद ढकाल, बिदुर प्रसाद खतिवडा, सुदर्शन पौडेल, कृष्णप्रसाद ढकाल, बिजय रिजाल र रामकुमार प्याकुरेल निर्वाचीत भएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु