दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एआईए र इनोभेटिभ क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते, आईतवार ५:४८

आयोजक अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) र इनोभेटिभ थ्री अन थ्री बास्केटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एआईए ब्वाइज तथा इनोभेटिभ सिनियर गल्र्समा क्वाटरफाइनलमा पुगेका हुन् । शंखमूलस्थित घरेलु कोर्टमा एआईएले रोज बडलाई १२–१० ले पराजित ग¥यो । सिनियर ब्वाइजमै ज्ञान निकेतनले एलिक्सरलाई १२–८, हेम्सले भीएस निकेतनलाई १०–२, काठमाडौं जेभियर ‘बी’ ले काभ्यालाई १०–८, काठमाडौं जेभियर ‘ए’ ले केएमसीलाई ९–६, रेडियन्ट रिडर्सले एभरेष्ट फ्लोरिडा ‘ए’ लाई १२–८, नेरिक एकेडेमीले साइपाल एकेडेमीलाई १०–६ र सनसाइनले चैतण्यलाई १२–० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
सिनियर गल्र्समा इनोभेटिमले हेम्सलाई ७–३, एसएसभीएमले ज्ञान निकेतनलाई १०–५, काठमाडौं ग्लोबलले नेपाल सेन्ट्रललाई ७–६, काठमाडौं शिक्षालयले एलिक्सरलाई ७–३, काठमाडौं जेभियर ‘बी’ ले काभ्यालाई १२–१०, रोज बडले क्याम्पियनलाई ८–७, एनसीसीएसले पीएसएसलाई १२–८ र काठमाडौं जेभियर ‘ए’ ले एआईए ‘बी’ लाई ७–३ ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे ।
प्रतियोगिताको पहिलो दिन शुक्रबार जुनियर ब्वाइजमा काठमाडौं जेभियर, ज्ञान निकेतन, एआईए र न्युटनले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । प्रतियोगिता आइतबार सम्पन्न छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु