तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते, आईतवार १५:३१

काठमाडौं,२७ जेठ । भारतमा हालै भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले बहुमत ल्याएपछि नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आज प्रधानमन्त्रीको शपथ लिँदैछन् ।

दिउँसो मोदीले राष्ट्रपति द्रौपदी मूर्मबाट शपथ लिनेछन् । मोदीको शपथ समारोहमा सहभागी हुन विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई आमन्त्रण गरिएको छ । बंगलादेशकी प्रधानमन्त्रीदेखि मालदिभ्सका राष्ट्रपति हिजै नयाँ दिल्ली पुगिसकेका छन् भने नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भर्खरै दिल्ली प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको भ्रमणदलमा स्वकिय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र परराष्ट्र सचिव सेवा लम्साल छन्् । प्रचण्ड भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिन लागेको मोदीको शपथ समारोहमा जाने प्रचण्ड नेपालका तेस्रो प्रधानमन्त्री बनेका छन् । यसअघ नेपालबाट तत्कालीन प्रधानमन्त्रीद्धय सुशील कोइराला र केपी शर्मा ओली नयाँ दिल्ली पुगेका थिए । कोइराला ०१४ र ओली ०१९ मा मोदाीको शपथमा पुगेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु