दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पुरुष र महिला बास्केटबल प्रतियोगिताको उपाधि इन्साईट भिजनलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार ३ गते, सोमबार १४:०३

काठमाडौँ, ३ असार । माध्यामिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको बास्केटबल प्रतियोगिताको उपाधी इन्साईट भिजनले हात पारेको छ ।

मण्डला स्ट्रिटको मुख्य सहयोगमा ‘बन टु हुप क्लब’ले शनिबारदेखि ठमेलस्थित गोदावरी अल्मुनाई एशोसियशनको सभाहलमा आयोजना गरेको पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा पुरुष र महिलातर्फ दुबै उपाधि इन्साईट भिजनले हात पारेको हो ।

प्रतियोगितामा पुरुषतर्फ मनास्लु क्लब र महिलातर्फत टिब्स क्लबलाई हराउँदै दुबै उपाधि इन्साईट भिजनले हात पारेको प्रतियोगिताका संयोजक सोजेशमान मालाकारले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष १७ र महिला ६ गरी २३ टिमको सहभागीता रहेको थियो ।

प्रतियोगिताको पुरुषतर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र र दोस्रो हुनेलाई नगद रु १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै, महिलातर्फ प्रथम हुनेलाई नगद रु १५ हजार ट्रफि, मेडल र प्रमाणपत्र र दोस्रा हुने टिमलाई नगद रु सात हजार ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र र ट्रफि प्रदान गरिएको संयोजक मालाकारले बताउनुभयो । विजयी खेलाडीलाई प्रमाणपत्र प्रदान गर्दै काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि यस्ता प्रतियोगिता आयोजना गरी नयाँ खेलाडी उत्पादनमा काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले युवालाई अनुशासित र स्वास्थ्य बनाउनका लागि यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु