दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुनापाति पोलिक्लिनिक र केज फिटनेशको निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १० गते, सोमबार २०:३४

ललितपुर बालकुमारीमा रहेको सुनापाति पोलिक्लिनिक र केज फिटनेशले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

बालकुमारीमा रहेको केज फिटनेशको प्राङगणमा सोमबार बिहान आयोजित शिविरमा राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देन र सांसद ज्ञानेन्द्र शाहीको विशेष उपस्थिति रहेको थियो । शिविरमा लिङदेन र शाहीले स्वास्थ्य परीक्षण गराउँदै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा खुशी व्यक्त गरे ।

शिविरमा एक सय ५० जनाभन्दा बढिले निशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान गरेको आयोजक जीवन केसीको भनाई छ ।

सुनापाति पोलिक्लिनिक र केज फिटनेशले सर्वसाधारणलाई लक्षित गरेर शिविर संचालन गरेकोमा प्रशंसा गर्दै राप्रपाका अध्यक्ष लिङ्देनले नेपालका विभिन्न ठाउँहरुमा यस्ता शिविरहरु संचालन गर्न आवश्यक रहेको बताए । काठमाडौंका अस्पतालहरुमा रक्त अभाव भइरहेको अवस्थामा स्वास्थ्य शिविर सँगै गरेको रक्तदान कार्यक्रमले धेरै बिरामीहरुको जीबन रक्षा हुने बताए । साथै यस्ता मानविय कार्यहरु आगामी दिनहरुमा पनि निरन्तर गर्दै जान समेत उनले आग्रह गरेका थिए ।

सुनापाति पोलिक्लिनिकका अध्यक्ष तथा आयोजक केसीले रोग लाग्नु भन्दाअघि नै बेलाबेलामा चेकजाँच गराएर बेलैमा रोगको उपचार होस् भन्नका लागि ललितपुरबासीलाई लक्षितगरि हेल्थ क्याम्प आयोजना गरेको जानकारी दिए । बालकुमारी मै अवस्थित सुनापाति पोलिक्लिनिकले सिनियर कन्सलटेण्ट डाक्टरहरुसहित लामो समयदेखि ओपिडि सेवा संचालन गरिरहेको केसीको भनाई छ ।
शिविरमा सिनियर कन्सलटेण्ट गाइनोलोजी डा. जानुका भट्टराई, सिनियर कन्सलटेण्ट ड्रामाटोलोजी भेनेरल एण्ड कस्मेटिक डा. अर्जुन कार्की, जेनेरल फिजिसियन डा. अनर्द कुमार मिश्रले सेवा प्रदान गराएका थिए ।

त्यस्तै प्याथोलोजी ल्याब टेस्ट, डिजिटल एक्सरे र इसीजीमा २५ प्रतिशत छुटको व्यवस्था रहेको सुगर, प्रेसर, युरिन टेष्ट र होलबडि चेकअप निशुल्क गराएको आयोजक केसीले जानकारी दिए ।
केसीले डिजिटल एक्सरे, इसिजी र अन्तर्राष्ट्रिय स्तरको ल्याब समेत संचालनमा ल्याएको हुनाले सबैले क्लिनिकमा आएर सेवा लिन आग्रह गरे ।

शिविरमा फुल फिटनेश हेल्थ प्याकेज, फुल बढी चेकअप, म्याक्रो एण्ड माइक्रो न्युट्रिन्स लेबल, सप्लिेमेन्ट निड फर अप्टिमल फिटनेश लगायतका सेवाहरु उपलब्ध रहेको थियो ।
सो अवसरमा केज फिटनेशका संचालक उज्वल श्रेष्ठको नेवारी परम्परा अनुसार जन्म दिन पनि मनाइएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु