दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पदक विजेता क्योकुसिन खेलाडी सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १४ गते, शुक्रबार ५:५१

काठमाडौं महानगरपालिका वडा १७ ले १८ औं पुरूष तौलसमूह तथा १७ औं महिला खुल्ला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।
नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको महिलातर्फ एपीएफका स्वर्ण विजेता अनिसा तामाङ, रजत विजेता सुमित्रा नगरकोटी, कास्य विजेता रिना माझी र वेष्ट फाइटर कविता मुक्तानलाई क्रमशः १० हजार, ५ हजार, २ हजार ५ सय र १ हजार ५ सय नगदसहित सम्मान गरियो ।
कामनपा प्रवक्ता एवं १७ वडा अध्यक्ष नवीन मानन्धरले खेलाडीलाई एक कार्यक्रमबीच सम्मान गरे । सोही अवसरमा सिम्रिक युवा क्योकुसिन कराते डो संघ वज्रलाई ५ लाख रुपैयाँ बराबरको म्याट सहयोग स्वरुप हस्तान्तरण गरिएको थियो । प्रवक्ता मानन्धरले नेपाल क्योकुसिन कराते डो संघ वज्रका उपाध्यक्ष समेत रहेका सिम्रिका अध्यक्ष पुष्पमान माननन्धरलाई म्याट हस्तान्तरण गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु