दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिवारी दम्पतीको उदाहरणीय काम ,वर्षगाँठको खर्चबाट अपाङ्ग सरोकार केन्द्रलाई खाद्यान्न सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १४ गते, शुक्रबार १८:५३

काठमाडौं । नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं ११ अमारे स्थाई घर भइ हाल काठमाडौ तारकेश्वरमा खुशी नामक दुध डेरी सञ्चालन गर्दै आएका तिवारी दम्पतीले बैबाहिक बर्षगाठको अबसरमा अपाङ्ग सरोकार केन्द्र बालाजुमा खाद्यान्न सहयोग गर्नु भएको छ ।

नेपाल डेरी एसोशियसन बागमती प्रदेशको उपाध्यक्षको जिम्मेवारी वहन गर्दै आईरहेका धुर्ब तिवारी र उहाँकी श्रीमति पबि तिवारीले आफ्नो १४ औँ वैवाहिक वर्षगाँठको अवसरमा अपाङ्ग सरोकार केन्द्रका आश्रितलाई चामल, दाल, तरकारी,चिउरा, पनिर, घ्यु, नून, तेल लगायतका खाद्यान्न सहयोग गरेका छन् ।

असल शासन,कोक्याप तथा काठमाडौं जेसिज जस्ता सामाजिक संघ–संस्थाहरुमा रहेर सक्रीय समाजसेवीको भूमिकामा देखा पर्दै विभिन्न संघ संस्थाहरुबाट सम्मानित हुने अवसर समेत पाउदै आएका तिवारीले वैवाहिक वर्षगाँठमा अनावश्यक खर्च गर्नुको साटो आश्रितलाई सामान्य सहयोग स्वरुप खाद्यान्न सहयोग गरिएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु