दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नवीन तेक्वान्दोका सातौं डान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १६ गते, आईतवार १७:२८

तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले सातौं डान प्राप्त गरेका छन् । दक्षिण कोरियामा भएको ग्रेडिङमा उत्तीर्ण हुँदै श्रेष्ठले सातौं डानको प्रमाण पत्र प्राप्त गरेका हुन् ।
श्रेष्ठले दक्षिण कोरियामै सन् २०२३ को जुलाई ५ देखि ११ तारिखमा भएको सेकेन्ड क्लास इन्टरनेसनल मास्टर्स कोर्ष र जुलाई ११ देखि १४ तारिखसम्म भएको सेकेन्ड क्लास तेक्वान्दो पुम÷डान प्रमोसन एक्जामिनर कोर्ष पनि उत्तीर्ण गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले आइतबार श्रेष्ठलाई तीनै कोर्षको प्रमाण पत्र प्रदान गरे ।
श्रेष्ठले भियतनाममा भएको २३ औं एसियाली तेक्वान्दो÷पाँचौं तेक्वान्दो पुम्से च्याम्पियनसिप÷चौथो एसियाली पारा खुला तेक्वान्दो, इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुद, युकेमा भएको म्यान्चेसटर २०१९ विश्व तेक्वान्दो, जोर्डनमा भएको अम्मान एसियाली तेक्वान्दो, पाकिस्तानमा भएको पाकिस्तान ओपन तेक्वान्दो जी– २ लगायत १५ अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । १५ प्रतियोगिता मध्ये श्रेष्ठले २ प्रतियोगितामा उत्कृष्ट निर्णायको अवार्ड जितेका थिए । उनले जोर्डन र पाकिस्तानमा भएको प्रतियोगितामा उत्कृष्ट निर्णायकको अवार्ड जितेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु