दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा अपांगता भएका व्यक्तिहरुलाई बाख्रा बितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार १९ गते, बुधबार १९:४७

नुवाकोट । बेल्कोटगढ़ि अपाङ्गता तथा असहाय सेवा संस्थाको आयोजनामा अपांगता भएका व्यक्तिहरुलाई बाख्रा बितरण गरिएको छ ।

बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको जिविकोपार्जनको लागि नगरपालिकाको प्रत्येक वडामा दुई जनाका दरले २६ जनासहित अन्य दुई गरेर २८ ओटा बाख्रा वितरण गरिएको संस्थाको अध्यक्ष गणेश पोखरेलले जानकारी दिनुभयो ।

सोमबार नगरपालिका कार्यालय परिसरमा विशेष कार्यक्रमका बीच उपमेयर शिव दाहालले अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा उपमेयर दाहालले अपाङ्गता भएकाहरुका लागि जिविकोपार्जमा केही सहजता होस् भनेर नगरपालिकाले बाख्रा वितरण गरेको भन्दै सहि उपयोग गरेर आयआर्जनसँग जोडेर आगामी दिनमा यी बाख्राबाट धेरै उत्पादन गर्नेगरी अगाडि बढ्न समेत दाहालले आग्रह गरे।

कार्यक्रममा वडा अध्यक्षहरु तथा अन्य विभागिय प्रमुख तथा कर्मचारीहरको पनि सहभागिता रहेको थियो ।बाख्रा पाएपछि अपाङ्गता भएकाहरु खुसी भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु