दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गायक हिमाल सागर र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘पिर पर्या छ’ को भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार २६ गते, बुधबार ७:१३

काठमाडौ ।गायक हिमाल सागर र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘पिर पर्या छ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा आर्यन राउतको शब्द, भीम बिसीको संगीत, कुमार रानाको मिक्सिङ तथा मास्टरिङ छ । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुमन रानाको रेकर्ड, विश्व अधिकारीको एरेन्ज र सन्दिप कार्कीको पाश्र्व संगीत छ । गीतको भिडियोमा बिना राउत, आर्यन राउत र अर्जुन भुषाल फिचर्ड छन् ।

गीतले अन्तरजातीय प्रेममा परेका एक जोडीको पीडालाई प्रस्तुत गरेको छ । आफूले मनपराएकी प्रेमिकालाई माग्न जाँदा युवतीकी दाजुले आफूभन्दा तल्लो जातको भएर प्रेम गर्ने भन्दै गाली गरेर फर्काएपछिको पीडालाई गीतमा देखाइएको छ । राहुल बराइलीको निर्देशन रहेको भिडियोमा नरेश ऐर एण्ड टिमको छायांकन र मिन रावलको सम्पादन तथा कलर छ । भिडियो टीका रमदमको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु