दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ज्यामिरकोटको ज्ञानाेदय स्कुलमा छात्रवृत्ति बितरण “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार २६ गते, बुधबार ७:४४

पाँचखाल -२, ज्यामिरकोट स्थित ज्ञानाेदय आधारभुत विद्यालयमा चालु आ.व. २०८०/८१ को छात्रवृत्ति वितरण गरियो ।

सो कार्यक्रममा वि.व्य.स सदस्य सोकनाथ गौतम र जुनुमाया तामाङ तथा पि.टिम.ए.का अध्यक्ष शेरबहादुर तामाङ एवं अभिभावकको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा पाँचखाल नगरपालिकाका स्रोत व्यक्ति धनबहादुर बस्नेत
प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए । यो छात्रवृत्ति रकम वितरणले थोरै भए पनि बालबालिकालाई सहयोग पुगेको कुरा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले बताए ।

प्रमुख अतिथि धन बहादुर बस्नेतले विद्यालयमा यस किसिमका कार्यक्रमले आकर्षण बढ्ने र केही मात्रामा भए पनि विद्यार्थीलाई सहयोग पुग्ने कुरा बताए । अन्त्यमा प्र.अ. मेघनाथ अधिकारीले उपस्थित सबैलाई धन्यवाद दिंदै पछिल्लो समय विद्यालयमा सहयोगी हातहरु बढ्दै गएको र विद्यालय अब हरेक कुरामा सम्पन्न हुँदै गएकाले स्थानीय अभिभावकले गुणस्तरीय शिक्षाको लागि अन्यत्र भौतारिनु पर्ने अवस्था नरहेको कुरा बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु