दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

क्रिकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम २०८१ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार २९ गते, शनिबार १८:४६

सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रिकेट एकेडेमीको समन्वयमा सिन्धुपाल्चोकमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका खेल शिक्षक (कोच) हरुको दुई दिने विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम २०८१ सम्पन्न भएको छ । सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघले ग्रास रुट क्रिकेट विकासको पहिलो खुड्किला विद्यालय भएकोले विद्यालयबाट नै क्रिकेटको शुरूवात गर्नुपर्ने र शिक्षकले त्यो गर्न सक्ने भएको हुँदा यो प्रशिक्षण सन्चालन गरेको जिल्ला क्रिकेट संघका सचिव अजयकुमार धितालले आफ्नो भनाइमा व्यक्त गर्नुभएको थियोे ।
समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री माननीय युवराज दुलाल ‘शरद’ ले सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको गतिविधिलाई सुरु देखि नै नियालेर हेरेको र सिन्धुपाल्चोक क्रिकेटले छोटो समयमै छुट्टै पहिचान बनाएको र त्यो पहिचान बनाउन दिनरात मेहनत गर्ने सिन्धुपाल्चोक क्रिकेट संघ कार्यसमितिलाई विशेष आभार व्यक्त गर्नु भयो । साथै सिन्धु क्रिकेटको लागि आफ्नो ठाउँबाट जस्तोसुकै साथ दिन तयार छु भन्दै प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । निकट भविष्यमा सिन्धुपाल्चोकमा संचालन हुने स्कुल क्रिकेट लिगको लागि यो प्रशिक्षण धेरै फलदायी हुने संघका उपाध्यक्ष राजन धितालले बताउनु भयो ।
दुई दिन चलेको उक्त प्रशिक्षणमा सिन्धुपाल्चोकका विभिन्न विद्यालयका २७ जना प्रशिक्षार्थी (कोच) को सहभागितामा प्रशिक्षक बीकेएसपी बङलादेशका कोच मसुद हसनबाट दिक्षित हुनुभएको छ ।
समापन समारोहमा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य सुदिप शर्माले यस्तो कार्यक्रमले ग्रासरुट क्रिकेटलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु