
काठमाडौं ।थर्ड आई मोमो र ग्रिलको पाँचौं रेस्टुरेन्ट जुलाई २२ बाट उत्तरी क्यारोलिनाको क्यारीमा औपचारिक रूपमा सुरु हुने भएको छ।
कबाब एण्ड करी, करी हाउस, करी नूडल्स, र एभरेष्ट किचेन जस्ता उत्तरी क्यारोलिना भरी प्रख्यात भारतीय र नेपाली रेस्टुरेन्टहरूको सफलता पछि ग्राहकहरु परिकारको स्वाद लिन भिडभाड भएको देख्दा थप रेस्टुरेन्ट नेपाली समुदायमा पस्किनु पर्छ भन्दै नयाँ शाखा सुरुवात गर्न लागिएको तिन दशक देखि अमेरिकामा रहनुभएको बाबुराम दवाडीले जानकारी दिनुभयो ।
थर्ड आई मोमो र ग्रिलको पाँचौं रेस्टुरेन्टको संचालक टिममा बिनोद भट्ट ,उपेन्द्र थपलिया ,तिलोचन दवाडी र नेपाली रैथाने खानाको प्रवद्र्धक नेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत हुनुहुन्छ ।


