दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

शिकार खेल्न गएका आफ्नै साथीको हत्या गर्ने छ जना पक्राउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २० गते, बिहीबार ७:३१

काठमाडौं :धरान उपमहानगरपालिका–१७ उदय टोल बस्ने १७ वर्षीय आशिष ठटालको हत्या अभियोगमा सोही उपमहानगरपालिका बस्ने २८ कोमल गुरुङसहित ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। मंसिर ७ गते राति आशिषसहित ७ जना सोही ठाउँस्थित उदय सामुदायिक जंगलमा सिकार खेल्न गएका थिए। ६ जना घर फर्की आए पनि आशिष फर्किएनन्। उनको पत्ता नलागेपछि आफन्तले मंसिर १६ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए।

उजुरीपश्चात् खटिएको प्रहरीले सिकार खेल्न गएका कोमलसहित ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरुले आशिषको हत्या गरी सोही ठाउँस्थित खाल्डोमा पुरेको खुल्न आएको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु