दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण ६ गते, आईतवार ६:१३

नेपाल बक्सिङ महासंघको चौथो बैठक ललितपुर क्लासिक बैक्युटमा अध्यक्ष श्री राम अवालेज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । नेपाल बक्सिङ महासंघका महासचिव श्री मानबहादुर भण्डारीज्यूले नेपाल बक्सिङ महासंघको तेस्रो पूर्ण कार्यसमिति बैठक पछि भए गरेका कार्यहरुको प्रगति विवरण पावरप्वाईन्ट प्रजेन्टेशन मार्पmत गराएकोमा पूर्ण कार्यसमितिबाट धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो । साथै आजको बैठकबाट मिति २०८० माघ १३ गते बसेको तेस्रो पूर्ण कार्यसमिति बैठकपछि नेपाल बक्सिङ महासंघको सचिवालयस्तरीय बैठकबाट गरिएका सम्पूर्ण निर्णयहरुलाई पूर्ण कार्यसमितिमा सर्वसम्मतीबाट पारित गर्ने निर्णय गरियो ।
आगामी कार्ययोजना अन्तर्गत बक्सिङको सर्वाङ्गिण विकासका लागि स्कुल, जुनियर, युथ र एलिट प्रतियोगिताहरु आयोजना गर्ने, रेफ्री जज, एन टि ओ तालिम, लगायत कोचेच रिफ्रेसर तथा आईवा सर्टिफिकेसन कोर्षहरु निकट भविष्यमै आयोजना गर्ने निर्णय गरियो । यसै क्रममा महासंघको प्रथम साधारण सभा यहि मिति २०८१ असौज ५ गते गर्ने, यहि २०२४ को अगष्त ३१ तारिखमा हुनगईरहेको एएसबीसीको कंग्रेसमा नेपाल बक्सिङ महासंघको अध्यक्षज्यूको नेतृत्वमा सहभागिता जनाउने, नेपाल बक्सिङ महासंघको आगामी नीति तथा कार्यक्रम आगामी साधारण सभामा प्रस्तुत गर्ने निर्णय लगायतका अन्य महत्वपूर्ण निर्णयहरु सर्वसम्मतीबाट पारित गरिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु