तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण ७ गते, सोमबार १६:५२

काठमाडौं, ७ साउन । नेपाल चार्टर्स अकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा) ले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । नेपाल चार्टर्स अकाउन्टेन्ट्स संस्था (आईक्यान) विद्यार्थीहरुको मागप्रति जिम्मेवार नभएको भन्दै विद्यार्थी संगठन एनकासाले चरणवद्ध आन्दोलनको घोषणा गरेको हो ।
नेपाल चार्टर्स अकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा) का अध्यक्ष महेन्द्र खड्काले परीक्षाको बेला ग्याप दिइनुपर्ने, समयानुकूल पाठ्यक्रम परिमार्जन हुनुपर्ने र रिटोटलिङको शुल्क घटाउनुपर्नेलगायतका माग राखेर आईक्यानलाई गत २०८० फागुन १३ गते मागपत्र बुझाएपनि अहिलेसम्म माग सम्बोधन नभएको बताए ।
अध्यक्ष खड्काका अनुसार आईक्यानले अहिले परीक्षाका क्रममा विद्यार्थीहरुलाई ग्याप दिएको छैन । जसका कारण विद्यार्थीहरुले पूर्ण रुपमा तयारी गर्न नपाएको र त्यसको असर रिजल्टमा देखिने गरेको अध्यक्ष खड्काले बताए । त्यस्तै, सन् १९९७ मा लागू गरिएको सीए लेभलको पाठ्यक्रम अहिलेसम्म पनि परिमार्जन नगरिएको अध्यक्ष खड्काको भनाइ छ । उनले समायानुकूल पाठ्यक्रम परिमार्जन हुनुपर्ने बताए ।
त्यस्तै, परीक्षार्थीले रिजल्ट चित्त नबुझेर रिटोटलिङ गराउन चाहेमा आईक्यानले महँगो शुल्क लिने गरेको पनि उनले सुनाए । अध्यक्ष खड्काका अनुसार आईक्यानले अहिले रिटोटलिङमा प्रति विषय ७ देखि ८ हजार रुपैयाँसम्म लिइरहेको छ ।
आईक्यानले विद्यार्थीहरुको यी माग सम्बोधन नगर्दा सीए अध्ययन गरिरहेका देशभरका १६ हजार विद्यार्थी मारमा परेको अध्यक्ष खड्काको भनाइ छ । उनले आब चरणबद्ध आन्दोलनमा जानुको विकल्प नरहेको बताए ।
एनकासाले साउन १० गते बिहिबार शान्तिपूर्ण प्रदर्शन, १२ गते बृहत प्रदर्शन, सोही दिन बेलुका राँके जुलुस प्रदर्शन र १३ गतेदेखि आमरण अनशनलगायतका संघर्षका कार्यक्रहरु घोषणा गरेको छ ।
विद्यार्थीहरुको हक, हितका लागि राखिएका जायज मागहरु पूरा नभएसम्म आन्दोलनबाट ब्याक नहुने अध्यक्ष खड्काले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु